दाङ्गको लमहीमा खुल्यो होटल ग्रीन लुम्बिनी

  २०७९ पुष २८ गते १६:२३     विकासन्युज

काठमाडौं । दाङ्गको लमहीमा होटल ग्रीन लुम्बिनी खुलेको छ । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारीमा खुलेकाे यस होटलले शुक्रबारदेखि सेवा दिने जनाएको छ ।

होटल ग्रीन लुम्बिनीमा २० वटा अत्याधुनिक सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारीक वातावरण भएको रेष्टुरेन्ट, प्राइभेट डाइनिङ हल, बार, स्विमिङ पुल,स्पा लगायतका सुबिधाहरु उपलब्ध रहेका छन ।

होटलले निकट भविष्यमा ४२ वटा अत्याधुनिक सुविधा युक्त कोठा, जिम् , हेल्थ क्लब, साथै चार तारे स्तरीय सुविधा दिने योजना रहेको जनाएको छ ।

सिद्धार्थ ग्रुपले भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारी गरिरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.