२०७९ पुष २६ गते १३:५७ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सेयर बजारमा देखिएको सुधार नयाँ सरकार माथि गरिएको भरोसाको संकेत भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
‘पछिल्लो समय सेयर बजारमा देखिएको सकारात्मक सुधार नयाँ सरकार प्रति जनताले देखाएको भरोसाको संकेत, भरोसाको संकेत भएको मैले बुझेको छु,’ उनले भने ।
प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत मागिसकेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.