भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने

  २०७९ पुष ११ गते १६:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागि हुन लागेको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने सझा सहमति भएपछि सरकारमा सहभागि हुन लागेको बताएका हुन् । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरु सहमत भएको उल्लेख गरे । त्यस्तै शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको उनले उल्लेख गरे ।

उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरुका लागि विशेष कार्यक्रम ल्याउने लगायतको विषयमा सत्तारुढ दलहरुका बीचमा साझा सहमति बनेको बताए । साझा सहमति बाहिर सार्वजनिक गर्ने पनि उनले जानकारी दिए ।

उनले भने ‘हाम्रो शर्त भनेको भ्रष्टाचारका विरुद्धमा नयाँ, पुराना जति पनि विषयहरु छन् । एउटा त्यस्तो संयन्त्र बनाउने भन्नेकुरामा हामीले सबभन्दा पहिला सबै पार्टीले त्यसमा सहमति गरेपछि, विदेशमा रहेका नेपालीहरुको भोटिङ राइट जुन सर्वोच्च अदालतले दिनु भनेको छ त्यसको सुनिश्चितता मात्र होइन उनीहरुको सामाजिक, आर्थिक र त्यहाँ काम गर्दाखेरी अलपत्र पर्दा, समस्या पर्दाखेरी त्यहाँ रेस्क्यु टिम सहितको प्रतिवद्धतासहित, नयाँ व्यवसायीहरुका लागि एउटा विशेष कार्यक्रम लगायतका विषयहरुमा हामीले साझा सहमति गर्छौ ।’

सभापति लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयसहित उपप्रधानमन्त्रीमा रहेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.