२०७९ मंसिर १२ गते १९:०८ विकासन्युज
काठमाडौं । एभरेष्ट बैंक र सिप्रदी ट्रेडिङबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी अनुसार बैंकले सिप्रदी ट्रेडिङ तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने टाटा मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक हाे ।
बैंकले गाडी खरिद गर्न इच्छा भएका ग्राहकलाई १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म कर्जा दिनेछ । बैंकको अनुसार यो सुविधा एभरेष्ट बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।
एभरेष्ट बैंकले हाल १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएममार्फत बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.