स्थापना दिवसको अवसरमा घिमिरे समाजले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

  २०७९ कार्तिक २९ गते १७:४२     विकासन्युज

काठमाडौं । घिमिरे समाज नेपालले १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको चाबहिलमा रहेको प्रधान कार्यलयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा १३ जना रक्तदाताका साथै नियमित रक्तदाना झनकराज ढुंगेलले ६९ पटक आफ्नो रगत दान गरेका थिए ।

कार्यक्रमका संयोजक शुशिला ढुंगेल घिमिरेले गरेका थिए भने संस्थाका अध्यक्ष सम्पत घिमिरेले समाजको सामाजिक क्रियाकलाप र रक्तदानको महत्वको सम्बन्धमा जानकारी दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.