एक हप्तापछि नेप्सेमा छायो हरियाली, आज पनि शिवम् सिमेन्टको उच्च कारोबार

  २०७९ कार्तिक २८ गते १५:२०     विकासन्युज

काठमाडौं । एक हप्ता निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार भने हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से २१.२६ अंकले वृद्धि भएर १९०४.४३ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार कूल दुई सय २५ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार ५२१ मूल्यमा खरिद बिक्री भएका छन् ।

यस्तै, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको १० करोड ९६ लाख ४३ हजार बराबरको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख, न्याग्दी ग्रुप पावरको ७ करोड ८३ लाख, गुराँस फाइनान्सको दुई करोड ५३ लाख र नेष्डो लाघुवित्तको दुई करोड ४७ लाख मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेको अनुसार सार्वधिक कमाउनेमा तारागाउँ रिजेन्सी रहेको छ । यसपछि क्रमश सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्ध भुमी नेपाल हाइड्रोपावर, रिभर फल्स र लिबर्टी इनर्जी कम्पनी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.