विद्युतीय बाइक किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् साढे तीन लाखदेखि ५ लाखसम्मका बाइक

  २०७९ असोज ९ गते १८:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीमाम आम सर्वसाधारणको चासो बढ्दै गएको छ । नेपाल सरकारले पनि पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएपछि व्यवसायीसँगै सर्वसाधारण तथा ग्राहकहरुको चासो र प्राथमिकतामा विद्युतीय सवारी साधनहरु पर्ने गरेका छन् । अटोमोबाइल्स एशोसिएन अफ नेपाल (नाडा) ले पनि बिहीबारदेखि आइतबारसम्म नाडा इभी अटो शो सचालन गर्यो । शो एक्स्पोमा आकर्षक गाडीदेखि स्कुटर तथा बाइकहरु पनि प्रदर्शनमा राखिएका छन् । विशेष गरेर धेरै जसो मानिसहरुको प्राथमिकतामा बाइकहरु पर्छन् । एक्स्पोमा पनि धेरै कम्पनीहरुले बाइक प्रदर्शनी राखे । न्यूनतम साढे २ तीन लाखदेखि अधिकतम् ६ लाखसम्मका बाइक प्रदर्शनीमा थिए । आज हामीले एक्स्पोमा राखिएका बाइक र ती बाइकको विशेषताहरुको बारेमा चर्चा गरेका छौं ।

प्योर ईभीको ‘एट्रिष्ट टीएम ३५०’

प्योर इभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले विभिन्न मोडलका स्कुटी र बाइकहरु बिक्री गर्दै आएको छ । यस कम्पनीले अहिले एट्रिष्ट टीएम ३५० मोडलको वान इलेक्ट्रिक मोटरसाइकल बिक्री गर्दै आएको छ । जसको मूल्य कम्पनीले ३ लाख ९९ हजार रुपैयाँ पर्छ । यो बाइकलाई विभिन्न रङ्गमा पाउन सकिन्छ ।
भारतीय इलेक्ट्रिक ब्रान्डको यो बाइकमा ७ इन्चको एलइडी डिजिटल डिस्प्ले, एलइडी हेडल्याम्प र एलइडी डिआरएलएस दिइएको छ । कम्पनीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम-आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर छ । यो इलेक्ट्रिक बाइकलाई ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ। साथै यसले १४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा तीनवटा मोडहरु ड्राइभ, क्रसओभर र थ्रील रहेका छन् यसले उकालो बाटोमा १६ डिग्रीसम्म चढ्न सक्छ भने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ । यसको ब्याट्रीमा कम्पनीले ५ वर्षसम्मको वारेन्टी प्रदान गरेको छ। रिमोटबाटै स्टार्ट गर्न सकिने यसको अगाडि र पछाडि दुबै भागमा हाइड्रोलिक डुअल सस्पेन्सन दिइएको छ ।

इभीट्रीकको राइज बाइक

इभीट्रीकले अहिले राइज मोडलको बाइक नाडा एक्स्पोमा बिक्रीका लागि राखेको छ । सो मोटसाइकलको २ हजार वाट रेटेड पावर, ३ हजार ५ सय पिक पावर र बाइकको क्लियरेन्स २०० एमएम छ । यस मोटरसाइकललाई फुल चार्ज गरेर १२० किलोमिटर गुडाउन सकिन्छ । यो मोटरसाइकल ४/५ घण्टामा फुल चार्ज हुन्छ । कम्पनीका सेल्स म्यान मदन भट्टराईका अनुसार यस बाइकको मूल्य ४ लाख ६८ हजार रुपैयाँ पर्छ । नाडा ईभी एक्स्पोमा यस बाइकको मूल्य १० हजार छुटमा पाइन्छ । बाइकको ३ वर्षका लागि ब्याट्री वारेन्टी छ । मोटरसाइकलमा मोबाइल चार्जिङ र गेर सिस्टम पनि छ भने चाबी नभएपनि बाइकलाई थम्बबाट स्टार्ट गर्न सकिन्छ । 

जोय इ-बाइक

यस कम्पनीले पनि विभिन्न मोडलका विद्युतीय मोटरसाइलक बिक्री गर्दै आएको छ । कम्पनीले थन्डरबोल्ड, हरिकेन, बेष्ट र स्काइलायन मोडलका विद्युतीय बाइक बिक्री गर्दै आएको छ । यी बाइकहरुको अनुमानित मूल्य ५ लाख रुपैयाँ पर्ने कम्पनीका इञ्जिनियर तथा सर्भिस हेड अनन्त पोखरेलले बताए । उनका अनुसार बाइकलाई फुुल चार्ज गरेपछि ११० किलोमिटर गुडाउन सकिनेछ । उनले मोटरसाइलको ब्याट्री ग्यारेन्टी ३ वर्षका लागि तोकिएको बताए । उनले बाइकलाई एक घण्टामा ९० किलोमिटर गुडाउन सकिने बताए । यो भारतीय प्रडक्ट हो । विगत ४ वर्षदेखि यो बाइक बिक्री भइरहेको छ । नेपालमा भर्खरै सार्वजनिक गरिएको हो । बाइकको मोटरको पावर ५ किलोवाट छ ।
मिकु सुपर र मिकु म्याक्स

मिकु ब्राण्डको मिकु सुपर र मिकु म्याक्स बाइक पनि युवा लक्षित बाइक हुन् । न्यूनतम ३ लाख ६० हजार रुपैयाँ मूल्य पर्ने यस बाइकमा दुइटा ब्याट्रीको सुविधा रहेको कम्पनी बताएको छ । यस बाइकमा ७० भोल्टका दुई वटा ब्याट्री छन् । मिकु सुपरले १३५ किलोमिटरको रेञ्ज दिन्छ । यसमा एलईडी लाइट छ । यस बाइकको सबैभन्दा राम्रो पक्ष भनेको लाइट पावरफुल छ । फिगंरप्रिन्टबाट पनि बाइकलाई अनर अफ गर्न सकिन्छ । यी दुवै बाइक कालो, सेता, निलो, लगायत रङ्गमा उपलब्ध छन् । यो ४/५ घण्टामा दुइटै ब्याट्री फुल चार्ज गर्न सकिन्छ । यसको टप स्पीड ८० किलोमिटर प्रति घन्टा रहेको छ । यो मोटरसाइकलमा फुल एलइडी लाइट्स, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, राइडीङ मोड, डबल डिस्क ब्रेक जस्ता फिचर पाउन सकिन्छ ।

डी लाइफ स्टाइलका यी चार मोडल

डी लाइफ स्टाइलका यी चार मोडलका विद्युतीय बाइकहरु बिक्री गर्दै आएको छ । टीसी, टीसी स्ट्रीट हन्टर, टीसी म्याक्स र टीसी वान्डर्रर विद्युतीय बाइकहरु उपलब्ध छन् । टीसी स्ट्रीट हन्टर सार्वजनिक भएको दुई दिन मात्रै भएको छ । यसमा ३ हजार ५ सय वाटको मोटर जडान गरिएको छ । यो बाइकको टप स्पिड ८५ किलोमिटर छ । यो बाइक साढे ३ घण्टामा फुल चार्ज हुन्छ । कम्पनीका सेल्स इक्जुकेटिभ कनक बज्राचार्यका अनुसार यो बाइकका लागि सिंगल ब्याट्री खरिद गरेमा ३ लाख ८० हजार र डबल ब्याट्री खरिद गरेमा ४ लाख ८० हजार रुपैयाँ मूल्य पर्छ । यो चाइनिज ब्राण्डको बाइक हो ।

यस कम्पनीको टीसीएस म्याक्स मोडल छ । यसमा ५ हजार वाटको मोटरवाट छ । यसमा १०० किलोमिटर रेञ्ज र ९० को स्पीड छ । यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ पर्छ । कम्पनीले टीसी वान्डर्रर बाइक पनि बिक्री गर्दै आएको छ । जसको मूल्य सिंगल ब्याट्रीमा ३ लाख ९० हजार र डबल ब्याट्रीमा ४ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ । यस्तै, यस कम्पनीले सबैभन्दा सस्तो अर्थात् २ लाख ९५ हजार रुपैयाँ पर्छ तर यस बाइकमा डबल ब्याट्री लिएमा भने ३ लाख ९० हजार रुपैयाँ पर्छ । यसमा ३ हजार वाटको मोटर पावर र ५/६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.