सेयर लगानीकर्ताको लागत ५८.३५ प्रतिशतले बढ्यो, ब्याजदर १५ प्रतिशत

  २०७९ भदौ ३१ गते ११:५७     सीआर भण्डारी

काठमाडौं । एक वर्षको अवधिमा सेयर धितो राखेर कर्जा लिने लगानीकर्ताको लागत ५८.३५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउनमा सेयर कर्जामा औसत ८.१४ प्रतिशत ब्याज तिरेका लगानीकर्ताले चालु आबको साउनमा १२.८९ प्रतिशत ब्याज तिरेका छन् । यो एक वर्षको अवधिमा लगानीकर्ताको लागत ५८.३५ प्रतिशतले बढेको देखिएको हो ।

बैंक तथा वित्तीय संस्थाले २०७८ को साउनमा ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ८.१४ प्रतिशत रहेको थियो । अहिले औसत ब्याजदर १२.८९ प्रतिशत भए पनि लगानीकर्ताले १५/१६ प्रतिशत तिर्नु परेको गुनासो गरेका छन् ।

एक वर्षको अवधिमा सेयर धितो कर्जाको ब्याजदर ४.७५ प्रतितले बढेको हो । यस हिसाबले सेयर लगानीकर्ताको लागत ५८.३५ प्रतिशत बढेको देखिएको हो । चालु आर्थिक वर्षको साउन महिनामा बैंक तथा वित्तीय संस्थाले औसत १२.८९ प्रतिशत ब्याजदरमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेय धितो कर्जा प्रवाह गरेका छन् ।

लगानीकर्ता राधा पोखरेल बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा सेयर धितो कर्जा पाउन छाडेको बताउँछिन् । लगानीकर्ताले माग गरे जति रकम नदिने गरेको उनको भनाइ छ । ब्याजदर बढ्दा कर्जाको लागत पनि बढेको उनले बताइन् । उनका अनुसार एकल अंक ब्याजदर हुँदा लिएको कर्जा दोब्बर हुँदा लगानीकर्तालाई ठूलो समस्या भएको छ ।

‘अहिले सहज रुपमा सेयर धितो कर्जा पाउँदैन, बैंक तथा वित्तीय संस्थाले अलिअलि पैसा दिन्छ, लगानीकर्ताले माग गरेजति कर्जा दिँदैनन्,’ उनले भनिन्, ‘कर्जाको लागत बढ्दा सेयर बजार घटिरहेको छ, ६/७ प्रतिशत ब्याजदर हुँदा लिएको सेयर धितो कर्जा ब्याज १५ प्रतिशतसम्म पुगेको छ, यसले गर्दा लगानीकर्तालाई प्रत्यक्ष मार परेको छ ।’

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दासेयर बजारमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । सेयर बजार सामान्य घट्दा पनि मार्जिन कल आउने गरेको उनले बताइन् । सेयर धितो कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउने गरेको उनको भनाइ छ । बैंकका कारण लगानीकर्ता पीडित हुनुपरेको छ ।

‘सेयर बजार घटेको बेलामा मार्जिन कल धेरै आउँछ, बजार अलिकति घट्ने बित्तिकै दैनिक २÷३ पटक फोन गरेर दबाव दिन्छन्, बैंक तथा वित्तीय संस्थाको कारण हामी लगानीकर्ता धेरै पीडित हुनु परेको छ,बैंकले ब्याजदर बढी लिएपनि सहज रुपमा कर्जा पाउन सकिरहेको छैन किनभने बैंकहरुमा पैसा नै छैन भन्छन्,’ लगानीकर्ता पोखरेल भनिन्, ‘पछिल्ला केही दिनमा केही सहज भएको जस्तो महशुस भएको थियो तर बैंकको ब्याजदर खुकुलो गर्ने निर्णयले नै तरलता अभाव नै छ भन्ने बुझिन्छ ।’

यस्तै, लगानीकर्ता दिपेन्द्र अग्रवाललेराष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर सेयर धितोकर्जा पाएको भएपनि लागत भने उच्च रहेको बताए । हाल १६ प्रतिशत लागतमा कर्जा लिनु परेको उनको भनाइ छ । सेयर धितोको लागत बढेको कारण सेयर बजार घटेको उनको भनाइ छ ।

‘लगानीकर्ताले राष्ट्र बैंकको सीमाभित्र रहेर सेयर धितो कर्जा पाइरहेका छन् तर कर्जामा १५/१६ प्रतिशत लागत लाग्ने गरेको छ, कर्जाको लागत बढेको हुँदा सेयर बजार घटेको हो,’ उनले भने, ‘१८४८ अंकसम्म आएर फर्केको मार्केट हो, मार्जिन कल खासै नहुन सक्छ, १८५० भन्दा तल नझर्दासम्म मार्जिन कल आउँदैन, अन्य सेक्टर हेर्ने हो भने सेयर बजार सेक्टर सुगम छ, अन्य सेक्टर टाट पल्टिने अवस्थामा छन्, यस्तो अवस्थामा सबैभन्दा राम्रो भनेको लगानी गर्नसेयर बजार नै हो ।’

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा पनि सेयर बजार बढ्ने गरेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो गर्ने निर्णयले कर्जा बढी गएको क्षेत्रका लागनीकर्तालाई बढी असर गर्ने उनले बताए । सेयर धितो कर्जाका आधारमा मात्रै लगानीकर्ता सेयरमा लगानी गर्छन भन्ने अवस्थाको अन्तय भएको उनले बताए ।

‘जतिजति ब्याज बढ्छ उती नै सेयर बजार बढ्ने अवस्थामा आइसकेको छ,आगामी दिनमा बजारको यात्रा रम्रो हुने देखिन्छ, ब्याजदर खुकुलो पार्ने बैंकहरुको निर्णले जुन क्षेत्रमा बढी कर्जा छ उनीहरुलाई असर पर्छ, सेयर बजारमा जम्मा ७० अर्ब बराबरको कर्जा छ,’ लगानीकर्ता अग्रावालले भने, ‘सेयर धितो कर्जा घट्दा बजारमा चाम छैन भन्ने बुझिन्छ, ब्याजदर महँगो भयो भन्दैमा भोलिका दिनमा कर्जाका आधारमा मात्रै नभएर नगद बाट मात्रै बजार चल्न सक्छ ।’

यस्तो छ १२ महिनाको ब्याजदर

बैंक तथा वित्तीय संस्थाले २०७८ को साउनमा ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ८.१४ प्रतिशत रहेको थियो ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७८ को भदौमा ८८ अर्ब ४३ करोड ७०लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ८.२६ प्रतिशत रहेको थियो ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७८ को असोजमा सेयर धितो कर्जाको ब्याजदर ८.३६ प्रतिशत रहेको थियो । सोही ब्याजमा बैंक तथा वित्तीय संस्थाले ८८ अर्ब २० करोड ६० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए ।

यस्तै, २०७८ कात्तिकमा बैंकको सेयर धितोको ब्याजदर ८.८३ प्रतिशतमा ८६ अर्ब १५ करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा लगानीकर्ताले लिएका छन् ।

यस्तै, लगानीकर्ताले ९.१२ प्रतिशत ब्याजदरमा गत वर्षको मंसिरमा ८४ अर्ब ६१ करोड १० लाख रुपैयाँ बैंकबाट लिएका छन् । यस्तै, गत वर्षको पुसमा लगानीकताएले ९.४१ प्रतिशत ब्याजदरमा ८३ अर्ब ७० करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा लिएका छन् ।

यस्तै, गत वर्षको माघ महिनामा लगानीकर्ताले १०.३३ प्रतिशत ब्याजदरमा ८२ अर्ब ४४ करोड ७० लाख रुपैयाँ सेयर धितो कर्जा लिएका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७८ को फागुनमा १०.५९ प्रतिशत ब्याजदरमा ७९ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ, चैतमा १०.९० प्रतिशत ब्याजदरमा ७८ अर्ब ४० करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७९ को बैशाखमा ११.९० प्रतिशत ब्याजदरमा ७५ करोड १६ लाख ८० हजार रुपैयाँ, जेठमा १२.०६ प्रतिशत ब्याजदरमा ७१ अर्ब ७१ करोड ३० लाख रुपैयाँ, असारमा १२.२५ प्रतिशत ब्याजदरमा ६४ अर्ब ८१ करोड ८० लाख रुपैयाँ र साउनमा १२.८९ प्रतिशत ब्याजदरमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.