बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाको अध्यक्षमा युवा नेता शाहीको चर्चा

  २०७८ चैत १६ गते १३:३८     विकासन्युज


काठमाडौं । बाजुराको स्वामिकार्तीक खापर गाउँपालिकाको अध्यक्षमा सरोज बहादुर शाहीको चर्चा बढेको छ । जिल्लामा लोकप्रिय युवा नेताको छवि बनाएका शाही बैशाखमा हुने स्थानीय तहको चुनावमा सो गाउँपालिकाको अध्यक्षको उम्मेदारी दिने चर्चा बढेको हो ।

जिल्लाको तरुण दलका नेता शाही कांग्रेस विदेश क्षेत्र समन्वय समितिका सदस्य पनि हुन् । नेपाली काँग्रेसको महाधिबेसन प्रतिनिधि खुल्ला तर्फ थोरै मतले पराजित उनलाई धेरैले सम्भावना बोकेका युवा नेताका रुपमा चिन्छन् ।

गाउँपालिकाको अध्यक्षको उम्मेदारीका लागि उनी अहिले घर दैलो कार्यक्रम गरिरहेका छन् । विगत लामो समयदेखि राजनीतिक यात्रा गर्दै आएका शाही काठमाडौंको दरबार मार्गमा रहेको जुकोट दरबार रेस्टुरेन्टका सञ्चालक पनि हुन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा उनले बाजुरामा सर्वसाधारणलाई धेरै सहयोग गरेका थिए । देशकै विकट गाउँपालिकामा रहेको सो गाउँपालिकामा शिक्षा, स्वास्थ्य, उद्यमशिलता लगायतका क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउँदै स्थानीयले उनलाई उम्मेदवारी दिन आग्रह गरेको बुझिएको छ ।

उनले चित्रन्द्र कलेजबाट स्नातकोत्तर गरेका हुन् । त्रिचन्द्र कलेजमा पनि उनले नेविसंघको नेतृत्व गरेका थिए । २०७४ स्थानीय निर्वाचनमा काँग्रेसबाट गाउँपालिका अध्यक्ष भरत रोकायालाई पूर्ण र एकताबद्ध रूपमा सहयोग गरेका थिए । युवा नेता शाहीले २०७४ मा गरेको सहयोग र हालै सङ्गठन निर्माणले रोकाया पनि सकारात्मक र सहयोग गर्ने पक्षमा देखिएको कार्यकर्ताको भनाइ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.