३८ रुपैयाँमा बिजुली किनेका छौं, बिहीबार बेलुकादेखि सहज हुन्छ : प्राधिकरण

  २०७८ चैत १० गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीबार साँझदेखि औद्योगिक क्षेत्रले पनि नियमित रुपमा विद्युत् पाउने जनाएको छ । प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विद्युत् खरिद गरेकोले आज साँझदेखि नियमित रुपमा विद्युत् आपूर्ति हुने जानकारी दिएका हुन् ।

‘हामीले १५ रुपैयाँ २७ पैसा भारुमा (करिब २८ रुपैयाँ) बिड गर्दा पनि विद्युत पाउन सकेनौँ, त्यसपछि २० रुपैयाँ भारु (करिब ३८ रुपैयाँ) मा विद्युत् पाएका छौँ, यो मूल्यमा विद्युत् पाउने भएपछि औद्योगिक क्षेत्रमा पनि नियमित आपूर्ति हुन्छ’, उनले भने ।

विगत तीन दिनयता भारतबाट विद्युत आपूर्ति नहुँदा वितरणमा समस्या उत्पन्न भएको प्राधिकरणको भनाई छ । भारतीय बजारमा विद्युतको माग उच्च हुँदा मूल्य बढेपछि प्राधिकरणले विद्युत नपाएको हो ।

प्राधिकरणले खुल्ला बोलकबोल मार्फत भारतबाट विद्युत खरिद गर्ने गरेको छ । विद्युत आपूर्ति कम भएपछि प्राधिकरणले अधिकाशं औद्योगिक करिडोरमा विद्युत आपूर्तिमा कटौती गरेको थियो ।

प्राधिकरणले हाल १६ सय मेगावाट विजुलीका माग भएको जनाएको छ । आगामी बर्खामा २ हजारसम्म पुग्ने अनुमान प्राधिकरणको छ । हाल दैनिक ३१ हजार आवर सिस्टममा छ भने भाररतबाट ५ हजार मेगावाट प्रति आवर खरिद हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.