अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प सुरु, गाडीकाे पार्ट्समा ५० प्रतिशतसम्म छुट

  २०७८ चैत ७ गते १४:४७     विकासन्युज

काठमाडौं । अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२ ’  सुरु गरेकाे छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्घित अशोक लेलैण्डले देशभरी रहेकाे आफ्नाे १५ सर्भिस सेन्टरहरुमा सर्भिस क्याम्प सुरु गरेकाे हाे ।

यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ । यस्तै यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहारका साथसाथै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिनयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।

यस सर्भिस क्याम्पको अफरहरु आशाेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने कम्पनीले जानकारी दिएकाे छ । अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर ग्राहकले याे सेवा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकाे अनुसार सुरक्षित गाडीका लागि जेन्युअन पार्टस्प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.