चांगनको बहुप्रतिक्षित एसयुभी ओसन एक्स सेभेन मोडल सार्वजनिक

  २०७८ चैत १ गते १५:५४     विकासन्युज

काठमाडाैं । चांगनको ओसन एख्स सेभेन एसयुभी विश्वव्यापी रुपमा लन्च भएको छ । मार्च ७ २०२२ मा पाकिस्तानमा यसको दुईवटा मोडल लन्च भएको थियो । बहुप्रतिक्षित एसयुभी पाकिस्तानमा वाच मी मुभ ट्यागलाइनका साथ प्रस्तुत गरिएको थियो ।

पहिलो भेरिएन्ट चांगन ओसन एक्स सेभेन फियुचर सेन्स हो भने अर्को भेरिएन्ट चांगन ओसन एक्स सेभेन कम्फर्ट हो । दुवै भेरिएन्टमा १.५ लि टर्बोचार्ज ब्लुकोर इन्जिन रहेकाे छ जुन युरो ६ अनुरुप छ । १५०० सिसिको क्षमता सहित यसले १८५ एच पी र ३५० एनएम टोर्क प्रदान गर्दछ । यसमा रहेको ७ स्पिड डिसिटी अटोमेटिक ट्रान्स्मीसनले गियर सिफ्टिङ्गलाई सहज एवम् अनुकुल पारी कम इनधनको खपतमा बढी पावर प्रदान गर्दछ । चांगन ओसन एख्स सेभेन फियुचर सेन्समा ५ जनाको सिट क्षमता रहेको छ भने चांगन ओसन एख्स सेभेन कम्फर्टमा ७ जनाको क्षमता रहेको छ ।

बाहिरी बनावटको कुरा गर्दा ओसन एख्स सेभेन निकै नै सुन्दर र परिस्कृत देखिन्छ । यसमा प्रयोग भएको आइभोरी ह्वाइट फक्सको लेदर सिटले यसको सुन्दरतामा अझ निखार ल्याएको छ । ७ इनचको एल्सिडी स्कृन समावेश यस गाडीमा इनधनको जानकारी, गाडीको दुरी, टायरको स्वास्थ्य स्थिति एवम्रं स्मार्ट ड्राइभिङ कन्ट्रोल प्रदान गर्दछ । अगाडी रहेको ड्राइभर सिट ६ वे इलेक्ट्रीकली एड्जस्टेबल छ । यसको साथसाथै १०.२५ इन्चको टच स्क्रिन पनि समावेश छ । यसमा रहेको मोबाइल स्क्रिन मिररिङ्गले फोन ह्यान्डस् फ्रि मा कुरा गर्न मिल्ने , एन्ड्रोइड र आइओएस दुबै फोन मिररिङ्ग गर्न मिल्ने एवम्ं लोकेसन र अन्य विविध कार्यमा सहजता हुने जनाइएको छ । यसमा स्मार्ट कि लेस इन्ट्रीको साथमा पुस स्टार्ट बटन समावेश छ ।

ओसन एख्स सेभेनमा एचएमआइ इनेबल कार डाइग्नोस्टिक सिस्टम समावेश छ जसले ग्राहकलाई इनधनको मात्रा , कुलेन्टको मात्रा , भिएससी मोड्युल , एयरब्याग मोड्युल र एबीयस मोड्युलको जानकारी स्वयम्ं लिन सकिन्छ । यसमा इको, कम्फर्ट, स्पोट्र र कस्टम गरि चारवटा ड्राइभिङ मोड समावेश छ । ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिदै इन्टलिजेन्ट हेल्थ म्यानेज्मेन्ट सिस्टम प्रयोग भएको छ जसमा पि एम ०.१ फिल्टर सिस्टमले प्लाज्मा एअर पिउरिफिकेसनको प्रयोगबाट स्वच्छ हावा प्रदान गर्दछ । यस सँगसँगै इलोक्ट्रोनिक पार्किङ्ग र अटो होल्डको प्रयोगले एउटा बटनले नै ह्यान्डब्रेक लगाउन सकिनेछ ।

ओसन एख्स सेभेनमा इलेक्ट्रिक प्यानोरोमिक सनरुफ पनि समावेश छ । यसका साथसाथै दुवै भेरिएन्टमा बाहिर इलेक्ट्रिक रेर भ्यु ऐना जडान गरिएको छ भने ओसन एख्स सेभेन इन्टलिजेन्ट क्रुज कन्ट्रोलको साथमा आउँदछ । ओसन एख्स सेभेन फियुचर सेन्समा डाइन्यामिक रयाडर क्रुज कन्ट्रोल रहेको छ भने ओसन एख्स सेभेन कम्फर्टमा भने स्ट्यान्डर्ड क्रुज कन्ट्रोल समावेश छ ।

ओसन एख्स सेभेन फियुचर सेन्समा ३६० डिग्री प्यानोक्याम रहेको छ भने ओसन एख्स सेभेन कम्फर्टमा रेर क्यामरा जडित छ । यसका अतिरिक्त ओसन एख्स सेभेन फियुचर सेन्समा फर्वाड कोलिसिन वार्निङ, अटो इमर्जेन्सी पार्किङ्ग र डाटा रेकर्डर समावेश छ । ओसन एख्स सेभेन मा चालक सहायताका लागि विविध अन्य सुबिधा जस्तै कस्टम ड्राइभ मोड र ड्राइभर फटिग मोनिटरिङको सुबिधा लिन सकिनेछ ।

अन्य विशेषतामा कार अनलक गर्नका लागि स्मार्ट प्रोक्सिमिटि इन्ट्रि सिस्टम , मिरर अनफोल्ड, डोर अनलक र ब्रिदिङ हेडल्याम्प रहेका छन् । ओसन एख्स सेभेनको नजिकै यदि गाडीको चाबी लिएर बसेको छ भने यसले साइड मिरर , ब्रिदिङ हेडल्याम्प र ढोका खोली स्वागत गर्दछ । यसको साथसाथै यसमा मिरर फोल्ड, झ्याल र सनरुफको लागि स्मार्ट एग्जिट सिस्टम समावेश छ ।

सुरक्षाको दृष्टिकोणबाट दुबै भेरियन्टमा चालक र यात्रुका निम्ति फ्रन्ट एअरब्याग र साइड टोर्सो एअरब्याग रहेको छ । यस सँगसँगै यसमा एडभान्स टायर प्रेसर मोनिटोरिङ सिस्टम रिभर्स डाइनामिक गाइडलाइन्स र पार्किङ सेन्सर समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.