स्कोडाको नयाँ सर्भिस सेन्टर सितापाइलामा

  २०७८ फागुन ३० गते १७:०१     विकासन्युज

काठमाडौं । नेपालको लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले काठमाडौंको सितापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ को सर्भिस सेन्टर सुरु गरेको छ ।

नयाँ सर्भिस सेन्टरको उद्घाटन अर्थोपेडिक डा. चक्रराज पाण्डे र कलाकार अनुप विक्रम शाहीले संयुक्त रुपमा गरेका हुन् । नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको हो ।

काठमाडौंस्थित आधुनिक वर्कसप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएकाे छ ।

काठमाडौंको सितापाइलास्थित स्कोडाको सर्भिस १५ हजार वर्ग फिटमा फैलिएको छ जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुई वटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा वे रहेका छन् ।

यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन–हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयरहाउस’ पनि रहेको छ ।

‘हामीले हाम्रा ग्राहकका लागि युरोपियन क्लासको सर्भिस सेन्टर दिन पाउँदा निकै हर्षित छौं । हामीलाई विश्वास छ यो स्टेट–अफ–आर्ट सर्भिस सेन्टर र गुणस्तरीय प्रक्रियाले अद्वितीय सर्भिस अनुभव दिलाउन सक्नेछौं,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

हाल नेपालका नौ वटा सहरमा स्कोडाको सर्भिस नेटवर्क रहेकाे र ग्राहकको सहजताका लागि यसलाई थप फराकिलो बनाउने लक्ष्य लिएको अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.