उपत्यकाको ८ स्थानमा होण्डाको एक्सचेन्ज क्याम्प, बजार मूल्यभन्दा ७ हजार बढी पाइने

  २०७८ फागुन ३० गते ११:४४     विकासन्युज

काठमाडौं । हाेण्डा मोटरसाइकल तथा कारको एक्सचेन्ज क्याम्प सुरु भएकाे छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले संचालन गरेकाे उक्त क्याम्प चैत १७ गतेसम्म संचालन हुने छ ।

कम्पनीकाे अनुसार यस एक्स्चेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् । ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा ७ हजार अतिरिक्त एक्सचन्ज बोनस समेत प्राप्त गर्नेछन् ।

यस एक्स्चेन्ज क्याम्प उपत्यकाकाे ८ स्थान सल्लाघरी, कलंकी, ग्वार्काे, स्वयम्भु, कान्तिपथ, जाेरपाटी, बत्तिस्पुलती र थली संचालन भइरहेकाे कम्पनीले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.