आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा उद्घाटन

  २०७८ फागुन २५ गते १८:१५     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले २ वटा शाखा उद्घाटन गरेको छ । मोटर्सले दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको एक कार्यक्रमबीच उद्घाटन गरेको हो ।

शाखाको समुदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको बताए । यस्तै अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको बताए ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखा बाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.