हात्तिगौडामा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम

  २०७८ फागुन २३ गते १५:०२     विकासन्युज

काठमाडाैं । नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले बुढानिलकण्ठकाे हात्तिगौडामा पनि सह–वितरण सोरुमको उद्घाटन गरेको छ ।

फागुन २२ गते देखी डिशहोम फाईबरनेटले बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुम सिएम ट्रेडिङ्ग अन्तर्गत रहेको लक्की ग्यालरीले संचालन गर्नेछ ।

सोरुम समुद्धघाटनमा डिशहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रबन्दक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागर नारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सि एम टे्रडिङ्गका तर्फबाट गोपाल मान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाका उपस्थीतिमा सम्पन्न भएको थियो ।

लक्की ग्यालरीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाईबरनेट बिक्री र बिक्री पछिको सेवा पनि गर्नेछ ।

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरीका संचालक राजन श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.