५ महिनामा ४८ देशबाट २३ अर्ब बढीको मोबाइल फोन आयात

  २०७८ पुष ८ गते १४:३६     विकासन्युज

काठमाडौं । कोभिड महामारी पछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि भएको छ । विश्वव्यापी रुपमा फैलियको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि हुन थालेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड अगाडी न्यून मात्रामा आयात हुँदै आएको फोन पछिल्लो समय आयातको उच्च स्थानमा पर्ने गरेको छ ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनाको अवधिमा नेपालमा विभिन्न देशबाट करिब २३ अर्ब बराबरको मोबाइल फोन आयात भएको छ ।

तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म २२ अर्ब ९७ करोड २४ लाख रुपैयाँ बराबरका ३० लाख ६० हजार ४३७ वटा मोबाइल आयात भएका छन् । गत वर्षको सोही अवधिमा १७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बराबरको २७ लाख ७२ हजार ८४३ वटा मोबाइल नेपालमा भित्रिएको थियो ।

तथ्यांक अनुसार मंसिर महिनामा मात्रै दुई अर्ब ६१ करोड ३८ लाख मूल्य बराबरका चार लाख ५८ हजार ६५७ थान मोबाइल आयात भएको छ ।

४८ देशबाट फोन आयात

भन्सारले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पाँच महिनामा विभिन्न ४८ देशबाट मोबाइल फोनको आयात भएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै मोबाइल फोन चीनबाट आयात भएको छ । चीनबाट १३ अर्ब ५६ करोड बढी आयात भएको छ । चीनपछि भारतबाट धेरै फोन आयात भएको छ । भारतबाट ८ अर्ब ४४ करोडभन्दा बढीको छ लाख १ हजार ५ सय ४२ मोबाइल भित्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.