राष्ट्र बैंकले भन्योः अर्थतन्त्रमा ठूलो जोखिम देखियो

  २०७८ पुष ७ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा जोखिम देखिएको बताएको छ । बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले वित्तीय प्रणाली तथा अर्थतन्त्रमा जोखिम देखिएको बताएका हुन् ।

उनले शोधान्तर घाटा र व्यापार घाटा पनि बढ्दै गएकोले अर्थतन्त्रमा चुनौति थपिएको बताएका हुन् ।

साथै, उनले अहिले अर्थतन्त्रमा केही चुनौति र अवसरहरु पनि रहेको बताए । उनले अर्थतन्त्रमा चुनौतिसँगै केही सुचकहरुले अवसर पनि प्रदान गरेको स्पष्ट पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.