एक सातामा बैंकको बिजनेसः निक्षेप घट्यो, कर्जा लगानी बढ्यो

  २०७८ कार्तिक २५ गते १४:१९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले कार्त्तिकको तेश्रो सातामा निक्षेप संकलन घटाएका छन् भने कर्जा लगानी बढाएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुले निक्षेप घटाएपनि कर्जा लगानी भने सामान्य रुपमा बढाएको देखिन्छ ।

संघका अनुसार बैंकहरुले कार्त्तिक १७ गतेसम्ममा ४२ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन अघिल्लो एक साता अघिको तुलनामा ९ अर्ब रुपैयाँले घटी हो । बैंकले गत कार्त्तिक १२ गतेसम्ममा ४२ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो ।

समीक्षा अवधिमा भने बैंकको कर्जा लगानी ७ अर्बले बढेको छ । अघिल्लो साता ४० खर्ब १८ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरुले गत साता ४० खर्ब २५ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.