पहिलो त्रैमासमा एनसीएचएलबाट ४१.२ खर्बको कारोबार

  २०७८ कार्तिक ९ गते ११:२३     विकासन्युज

llकाठमाडाैं । एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ४१.२ खर्ब बराबरको १ करोड ७१ लाखभन्दा बढि कारोबारहरु प्रोसेस र फर्छ्यौट गरेको छ । कम्पनीले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत पहिलाे त्रैमासमा उक्त रकम बराबरकाे काराेबार गरेकाे हाे ।

याे पछिल्लो आ. व.को तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७ प्रतिशतले वृद्धि भएको एनसीएचएलले जानकारी दिएकाे छ ।

एनसीएचएलकाे अनुसार पहिलो त्रैमासमा इसीसीमा जम्मा ने.२८.९ खर्ब बराबरको ४१ लाख ५३ हजार भन्दा बढि चेक कारोबार भएको छ । यस्तै बैंकका शाखा तथा एनपीआइबाट आईपीएसमा गरिने कारोबार ने. ५.५ खर्ब बराबरको ३२ लाख ८६ हजार भन्दा बढि भएको छ ।

त्यस्तै गरी बैंक वित्तिय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्टआईपीएसमा ने. ६.९ खर्ब बराबरको ९७ लाख ४७ हजार भन्दा बढि कारोबारहरु भएको छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक/वित्तिय संस्थाहरु, पिएसपि, पिएसओ लगायत विभिन्न संस्थाहरुलाई विद्युतिय भुक्तानीमा ल्याउन आवश्यक पूर्वाधारहरुको विकास र विस्तार गर्दै आएको छ । यसै क्रममा हाल उपलब्ध भएका पूर्वाधारहरु समेतलाई पुनः प्रयोग र थप गरी एनसीएचएलले राष्ट्रिय भुक्तानी स्विचको काम समेत अगाडी बढाएको छ, जसको पहिलो चरणको तयारी सकिएर लागू हुने चरणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.