नेशनल लाइफ इन्स्योरेन्स र दुई लघुवित्तका सञ्चालकले दिए राजीनामा

  २०७८ असार ३० गते १३:०१     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्ससहित तीन कम्पनीका सञ्चालकले राजीनामा दिएका छन् । नेशनल लाइफ इन्स्योरेन्स, ग्लोबल आईमएई लघुवित्त वित्तीय संस्था र ईन्फिनिटी लघुवित्त वित्तीय संस्थाका १/१ जना सञ्चालकले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

जसमध्ये नेशनल लाइफका संस्थापक समूहबाट निर्वाचित सञ्चालक राजिव विक्रम शाहले राजीनामा दिएका हुन् । असार २८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनालाई स्वीकृत गरेको हो ।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्तका सञ्चालक परमेश्वर श्रेष्ठले संस्थाको सञ्चालक पदबाट राजीनामा दिएका छन् । उनले ग्लोबल आईएमई बैंकको तर्फबाट प्रतिनिधि सञ्चालकको रुपमा लघुवित्तमा प्रतिनिधित्व गरिरहेका थिए । असार २९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृत गरेको हो ।

त्यसैगरी, इन्फिनिटी लघुवित्तका सञ्चालक संगिता कडरियाले पनि राजीनामा दिएकी छिन् । व्यक्तिगत कारणले दिएको उनको राजीनामालाई असार ३० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.