दुई लघुवित्तको पौने २४ लाख बोनस सेयर सूचीकृत

  २०७८ असार २१ गते १३:१८     विकासन्युज

काठमाडौं । आज (असार २१ गते) सोमबार दुई लघुवित्त वित्तीय संस्थाको कूल २३ लाख ७३ हजार ४२१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । निर्धान उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको गरी एकैदिन सो मात्राको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये निर्धन उत्थानको सबैभन्दा बढी अर्थात १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाको १९ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यसैगरी, स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत अर्थात ४ लाख ५३ हजार ४२१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, यी दुबै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.