मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

  २०७८ असार २१ गते ११:४७     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार १७ गतेदेखि निष्काशन खुला भएको उक्त आईपीओ आज (असार २१ गते) निष्काशन बन्द हुने भएको हो ।

यससँगै इच्छुकले आज दिउँसो बैंकिङ्ग समय अर्थात साँझ ५ बजेभित्र मेरो सेयर मार्फत आवेदन दिन सक्ने छ । उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो अवधिसम्म १८ लाख ९६ हजार ९२२ जना आवेदकले २ करोड ४८ लाख ४५ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिईसकेका सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज साढे १० बजेसम्म सो मात्राको आवेदन परेको हो ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ७३.८४ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.