हिमानीदेखि मनिषासम्म पुगेको अनानिक ब्युटी सैलुन, नेपालमा ५ र क्यानाडामा २ वटा ब्रान्च

  २०७७ फागुन १७ गते १७:०९     नरेन्द्र रौले

काठमाडौं । कोभिड १९ को महामारीले धेरै कुरा अस्तव्यस्त बनाइदियो । मानिसहरुको जनजीवनमा यसले ठूलै उथलपुथल ल्यायो । लकडाउनमा धमाधम पसल, रेस्टुराँहरु बन्द हुँदै गए । व्यवसाय ठप्प हुँदै गयो । राजधानीबाट मानिसहरु सुरक्षित बासको खोजीमा गाउ फर्किन थाले ।

तर, त्यहि संकटको बेला बौद्धमा भने ठूलै लगानीमा अनानिक ब्युटी सैलुन एण्ड स्पा सञ्चालनमा आयो । केही अघि अभिनेत्री मनिषा कोइरालाले यसको औपचारिक रुपमा उद्घाटन गरिन् । प्रतिनिधि सभा सदस्य शान्ता चौधरी, क्याप्टेन विजय लामा, मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नायिका स्वस्तिमा खड्का लगायत एक दर्जन नाम चलेका कलाकारहरुको जमघट पनि यसमा जमघट थियो । लकडाउनका बेला यो सैलुनले घर–घरमै गएर सेवा दियो । विषम परिस्थीतिमा पनि फरक तरिकाले व्यापार गर्न सकिन्छ भन्ने पाठ कोरोनाले सिकायो ।

त्यसो त अनानिक व्युटि सैलुनले यसअघि नयाँबानेश्वर, दरवारमार्ग, पोखरामा आफ्ना ब्राञ्च विस्तार गरिसकेको छ । लकडाउनपछि भने लाविम मलमा पनि थप नयाँ ब्राञ्च विस्तार भईसकेको छ । अनानिक व्युटि सलोन एण्ड स्पाले नेपालमा ५ वटा ब्राञ्च फैलाइसकेको छ । क्यानाडामा यसका दुई वटा ब्राञ्च छन् । यसका सञ्चालक हुन्, भोजुर, पातलेपानी, बाख्रेम स्थायी घर भएका सुरविन वान्तवा राई । क्यानाडामा भने उनकी दिदी जुनु देवीले व्यवसायलाई सम्हाल्छिन् । जुनु देवीको उपनाम हो, अनानिक । त्यही नामबाट सैलुन खोलिएको हो । जुन अहिले सैलुनहरुको भीडमा बेग्लै ब्राण्ड बनिसकेको छ ।

सुरविनले नेपालमा ट्राभल एजेन्सी चलाएका थिए । सामाजिक अभियन्ताका रुपमा सक्रिय रहेका उनी दिदीकै कारण सैलुन व्यवसायमा संलग्न भए । अहिले नेपालमा सबै सैलुनका ब्राञ्चहरू उनले नै सम्हालिरहेका छन् । पेशाले उनका बुबा राम बहादुर शिक्षक हुन् । परिवारबाट सबैको सहयोग रहेको उनले बताए ।

नेपालमा सन् २०१३ मा पहिलो पटक नयाँ बानेश्वरमा अनानिक सुरु भयो । ९ जना स्टाफ र एक करोड रुपैयाँको लगानी गरेको सञ्चालक सुरबिनले बताए । ‘व्यवस्थित, ठूलो र सुविधायुक्त थियो । मानिसहरू आउँदा तर्सिन्थे ।’ उनी भन्छन्, ‘सिमित प्रोफेसनल व्यक्तिहरु आउँथे ।’ अनानिकमा अन्य ठाउ भन्दा बढी सुविधा भएकाले बैंकर्स, राजदुत, फाइभ स्टार होटेलका स्टाफ, स्कुल कलेजका सञ्चालक, एनजिओ, आइएनजिओका कर्मचारीको रोजाइमा पर्‍यो । त्यसबेला देखि यो सैलुनका आफ्नै ग्राहकहरु छन् ।

अहिलेसम्म यस सैलुनबाट १ हजार भन्दा बढीले तालिम लिइसकेका छन् । जेल, नेल, फेसियल, हेयर कट्, पेडिकेयर, मेनिकेयर जस्ता फरक–फरक विधामा यसले तालिम प्रदान गर्दै आएको छ । यहाँबाट सिकेर गएकाहरु युरोप, अस्ट्रेलियामा आफ्नो व्यवसाय गरिरहेका छन् । बिपन्न, पिछडिएका, विपन्नलाई नि:शुल्क तालिम दिएको र उनीहरूले आफ्नै व्यवसाय गरिरहेको सञ्चालक सुरविन बताउँछन् । यही समाजसेवाको कामलाई पूर्व युवराज्ञी हिमानी शाहले तारिफ गरेकी छिन् । लाबिम मल ब्राञ्चको उद्घाटनमा पनि हिमानी उपस्थित भएकी छिन् । ‘लकडाउनमा अनानिकले घर–घर पुगेर सेवा दिएर आफ्नो व्यवसायलाई निरन्तरता दियो । लकडाउनले ठूलो पाठ सिकायो ।’ उनी भन्छन् ‘सबै व्यवसाय बन्द हुँदा हामीले आफ्नो कामलाई निरन्तरता दियौं ।’ प्रियंका कार्की, स्वस्तीमा खड्का, वर्षा राउत जस्ता थुप्रै सेलिब्रिटीहरुको रोजाईमा परेको सैलुन हो ।

अनानिकले पाँच वटा ब्राञ्च गरेर ७० जनालाई रोजगारी प्रदान गरेको छ । यो सैलुनले अरु भन्दा फरक तरीकाले जनशक्ति परिचालन गरेको छ । अमेरिका र अस्ट्रेलियामा तालिम लिएर फर्केका चार जना क्रियटिभ स्टाइलिस्ट छन् । काठमाडौंमा एरिया म्यानेजर तोकिएको छ । जसले सबै ब्राञ्चको निरीक्षण गर्छ । हरेक सैलुनमा क्रियटिभ स्टाइलिस्ट छन् । ग्राहकहरूको रुप, बनोट अनुसार हेयर स्टाइलको डिजाइन गर्ने काम गर्छन् । आफ्नो स्टाफहरूलाई अनाटिकले राम्रो सेवा, सुविधा दिएको सञ्चालक सुरविन दावी गर्छन् । उनका अनुसार यहाँ काम गर्ने स्टाफले २० हजार देखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन् । ओभर टाइम, विदाको समय काम गरेको, प्रोडक्ट बेचेको बेग्लै पैसा आउँछ । विहान साढे ९ बजे खुल्ने अनाटिक साँझ ७ बजे बन्द हुन्छ ।

नेपालका बुटवल, चितवन लगायतका शहरबाट शाखा खोल्नका लागि प्रस्ताब आईरहेको सुरविन बताउँछन् । नेपाल बाहिर कोरिया, भारत लगायतका देशमा पनि त्यहाँ रहेका नेपालीहरूले ब्राञ्च खोल्नका लागि हौस्याईरहेका छन् । प्राय: भारतबाटै आएका नागरिकहरु सैलुन व्यवसायमा कब्जा जमाइरहेका छन् । सञ्चालक सुरविन नेपालमा काम गर्न यतै जनशक्ति तयार हुनुपर्ने बताउँछन् । ‘किन विदेशबाट मानिस ल्याउनु पर्ने ?’ उनी भन्छन् ‘नेपालीहरुले नै यो काम सिकेर व्यवसाय गर्न सक्छन् । बजार धान्न सक्छन् ।’

सञ्चालक सुरविनका अनुसार ५ वटै ब्राञ्च गरेर १० करोड रुपैयाँ भन्दा बढी लगानी भईसकेको छ । यसमा क्यानाडा बस्ने दिदी जुनु देवीकै ठूलो सहयोग रहेको उनी बताउँछन् । लकडाउन अगाडी सैलुनले राम्रो कारोबार गरेको उनी बताउँछन् । नयाँ बानेश्वरको एउटै शाखाले मात्र एक महिनामा ४० देखि ४५ लाख रुपैयाँ कारोबार गरेको रेकर्ड उनले सुनाए । ‘हरेक ब्राञ्चहरुमा एक लाख रुपैयाँ भन्दा माथि कारोबार हुन्थ्यो ।’ उनी भन्छन्, ‘अहिले स्टाफ खर्च र भाडा तिर्न पुगेको छ । अहिलेलाई यही नै ठूलो कुरा भएको छ ।’

आगामि दिनमा अनानिककै शाखालाई विस्तार गर्ने योजना रहेको सुरविन बताउँछन् । नेपालमा जता पनि सम्भाबना छ । गुणस्तर दिन सक्ने हो भने ग्राहकहरुको कमी नभएको उनको अनुभब छ । हाल सञ्चालनमा आएका ब्राञ्चहरुले पनि त्यो कुराको प्रमाणित गरिसकेका छन् ।
‘टिप्न जान्नुपर्छ । नेपालमा अवसर र पैसा जताततै छ ।’ छुट्टिने बेला सुरविनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.