फागुन १३ गते ‘डिजिटल लर्निङ डे’ कार्यक्रम हुँदै

  २०७७ फागुन ९ गते १३:१३     विकासन्युज

काठमाडाैं । सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको विषयमा वकालत गर्न  डिजिटल लर्निङ दिवस फागुन १३ गते हुने भएकाे छ । निमा एजुकेशन फाउन्डेशनले संचालन गर्ने यस कार्यक्रममा शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने विधिहरुकाे बारेमा जानकारी दिइन्छ ।

फाउन्डेशनले दुई वर्षअघि डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ यस कार्यक्रमकाे सुरुवात गरेको हो ।

शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताउँछिन् ।

‘यस वर्ष हामी फेरि नयाँ कार्यक्रमको साथ मानिसहरूमा डिजिटल शिक्षाको चेतना जगाउनका लागि आउँदै छौं’, उनले भनिन् ।

यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ । यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ ।

कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रमहरू हुनेछन् । यस्तै कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनुकाे साथै २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत हुनेछ ।

विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुने जाेशीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.