जिम्मेवार भई व्यवसाय सञ्चालन गर्न एनबीआईको आग्रह

  २०७७ असोज २६ गते १८:३०     विकासन्युज

काठमाडाैं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले सम्पूर्ण उद्यम व्यवसाय क्षेत्रलाई जिम्मेवार भई व्यवसाय सञ्चालन गर्न  आग्रह गरेकाे छ । हालको यस विषम परिस्थितिमा समाज र मुलुक प्रति जिम्मेवार भई न्युनत्तम व्यवसायिक आचार संहिता भित्र रही आफनो व्यवसायिक जिम्मेवारीलाई ईमान्दारीताका साथ निर्वाह गर्न गराउन उद्यम व्यवसाय क्षेत्रलाई एनबीआईले आग्रह गरेकाे हाे ।

जोखिम न्यूनीकरणका निम्ति सरकारले अवलम्वन गरेका विविध उपायहरुको बावजुद संक्रमणको दर तिव्र गतिमा बढदै जांदा थप सन्त्रास र अन्यौलता सिर्जना हुँदै गईरहेको एनबीआईले जनाएकाे छ । त्यसैले, सम्पूर्ण उद्यमी व्यवसायी, आम-उपभोक्ता सबैले स्वास्थ्य सुरक्षा सम्बन्धी निर्धारित मापदण्डको पुर्ण पालना गरी सुरक्षित समाज निर्माणका लागि आ-आफनो जिम्मेवारीलाई अगाडी बढाउन एनबीआईले सरोकारवाला सबैसंग आग्रह गरेकेा छ ।

केहि व्यवसायिक फर्म तथा कम्पनीबाट मानव जीवन र स्वास्थ्यसंग प्रतक्ष्य सरोकार राख्ने वस्तुहरुको विक्रि वितरणमा भएको गैर–कानुनी क्रियाकलाप प्रति एनबीआईको गम्भिर ध्यानाकर्षण भएको छ । र, यस्ता आम जनमानसमा गम्भिर असर पार्ने गलत क्रियाकलापको विरोध गर्दै आवश्यक कानुनी कारवाही अगाडी बढाउन एनबीआईले सरकारसंग अनुरोध गरेकाे छ ।

साथै, स्वच्छ समाज र समृद्ध मुलुक निर्माणको लागि असल व्यवसायिक अभ्यासको प्रवद्र्धन एवं कार्यान्वयनमा सम्वन्धित सबै पक्षको सहयोग एवं सकारात्मक योगदान रहने एनबीआईकाे विश्वास रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.