उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल, आकस्मिक बाहेकको शल्यक्रिया रोकियो

  २०७७ असोज २६ गते १७:२१     विकासन्युज

काठमाडाैं । अब उपत्यकाका सबै अस्पताल काेभिड अस्पतालकाे रुपमा सं‌चालन हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हाे ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकाका सबै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको उपचार हुने बताए ।

यस्तै मन्त्रालयले दहचोकस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र किर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई पनि कोभिड –१९ को लक्षणसहितको संक्रमितको उपचार गर्नेगरि कोभिड अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय गरेकाे  गौतमले जानकारी दिए ।

सरकारले उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका सबै प्रकारका शल्यक्रिया (अप्रेसन) स्थगित गर्न पनि निर्देशन दिएको छ । कोरोना महामारी बढेको कारण देखाएर सरकारले नियमित शल्यक्रिया रोक्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण नियन्त्रण हुँदै गएपछि मात्रै नियमित शल्यक्रियालाई निरन्तरता दिन सरकारले सबै अस्पतालहरुलाई निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.