अब आफ्नो सेवा सम्बन्धी सबै जानकारी सुबिसुको पोर्टलबाटै पाइने

  २०७७ भदौ १० गते १३:५८     विकासन्युज

काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।

सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नेछन् । साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्छन् भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नेछन् । ग्राहकको सहजता एवम् सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने छ ।

सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.