डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने

  २०७७ भदौ ८ गते १४:४१     विकासन्युज

काठमाडौं । डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिस होमले एक विज्ञप्ती जारी गर्दै सो सुविधा थप गरेको जनाएको छ । यस अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसकेपछि पनि ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पु¥याएको हो ।

यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नविकरण गर्दा सोही नविकरण अवधिमा मिलान गरिनेछ ।

डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट ग्रराहक  अाइडी टाईप गरी उक्त मेसेजलाई ३२५०० मा पठाउन सकिनेछ । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी तपाइँलाई मोबाइलमा प्रप्त हुनेछ साथै मिसकलबाट क्रेडिट सेवा लिन ९८०१११२२३३ मा मिसकल दिएर पनि थप १० दिनका लागि टीभी सिंग्रनल खुलाउन सक्नुहुनेछ ।

यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकहरुलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु हो । यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस(सुविधा) अवधिको रुपमा उपलब्ध गराइनेछ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्याहुन सक्छ, उनीहरु वास्तविक रुपमा लाभान्तवित हुने कम्पनीकाे दावी छ ।

डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइल एपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।

डिसहोम नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्थाहो । देशभर छरिएको बृहत्तर सर्भिस सञ्जालका साथ डिसहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवा  प्रदानगर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.