अब खल्तीबाट एपबाट पिइएको शुल्क तिर्न सकिने

  २०७७ भदौ ७ गते १०:५१     विकासन्युज

काठमाडौं । इन्जिनियरिंगको प्रवेश परीक्षा तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्तीडिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ ।

खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तै पिइएको वेवसाइटबाट पनि विद्यार्थीले यो सुविधाको उपयोग गर्न सक्नेछन् ।

पिइए एसोसिएसनले इन्जिनियरिंग पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा तयारमा सघाउँदै आएको छ ।  ‘खल्ती डिजिटल वालेटबाटै विभिन्न शुल्क तिर्न सक्ने भएपछि विद्यार्थीलाइ पिइएको सुविधा लिन निकै सहज हुने छ,’ पिइएका सूचना प्रविधि अधिकृत आर्जन बास्कोटाले बताए ।

खल्तीमार्फत पिइए अनलाइन कक्षा, पुस्तकलगायतका सामग्रीहरू, परीक्षा र अग्रिम बुंकिंगको शुल्क तिर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.