कतिले भरे एनआईसी एशिया लघुवित्तको सेयर ?

  २०७७ असार १४ गते १७:५९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद आज(आइतबार) बाट सकिएको छ । असार १० गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा कूल ४ लाख १२ हजार ३ सय ३२ जना आवेदकले आवेदन दिएका छन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ साढे ५ बजेसम्ममा उनीहरूले २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन संस्थाले सर्वसाधरणमा माग गरेकाे भन्दा  ५.१७ गुणा बढी हाे । सो अवधिसम्ममा २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेकाे छ।

उक्त डाटामा आश्वा सदस्यका बैंकहरुबाट केहि थपिन सक्ने क्यापिटलले जानकारी गराएको छ ।

संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो ।

जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ ।

संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.