उपत्यकाका ३ कोरोना संक्रमित टेकुमा भर्ना, भक्तपुरमा भेटिएकी महिला सुनसरीबाट आएकी

  २०७७ वैशाख ३१ गते ७:२५     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यका काेराेना संक्रमण पुष्टि भएका ३ जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।  मंगलबार मात्र काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका २ महिला र १ पुरुषमा अस्पतालमा भर्ना भएका हुन् ।

भक्तपुरमा देखिएको कोरोना संक्रमित २५ वर्षिय महिला सुनसरीबाट आएकी खुलासा भएको छ ।  त्यस्तै भक्तपुरमा भेटिएका अर्काे संक्रमित २७ वर्षिय पुरुष दुवाकोटको रहेको तर उनीमा कसरी कोरोना भाइरस सर्याे भन्ने विषय स्पष्ट जानकारी आउन सकेको छैन ।

उनले आफू परिवारसँगै रहेको कतै बाहिर नगएको भनेसँगै परिवारका सबै सदस्यलाई सिल गरिएको हो । त्यस्तै मंगलबार स्वास्थ्यकर्मी तथा पत्रकारमा नि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित ३३ वर्षकी महिला वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ आएकी हुन् । ती महिला चन्द्रागिरी नगरपालिकाको बस्दै आएकाे खुलेकाे छ ।

उपत्यकामा मंगलबार तीन जनाका कोरोना देखिएसँगै नेपालभरीमा ८३ जनामा पुष्टि भएको हो ।  हाल नेपाल २ सय १७ जनामा कोरोना पुष्टि भइसकेको छ भने ३४ जना उपचार पछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.