क्रिसमस डेका लागि साढे १४ करोडको समान आयात, धेरै क्रिसमस ट्री

  २०७६ पुष ९ गते १०:०५     राजाराम न्यौपाने

काठमाडौं । क्रिसमस डे नजिकिएसँगै क्रिसमसका सामग्रीहरु खरिद विक्री पनि बढेको छ । नेपालमा क्रिसमसका लागि ५ वर्षमा १४ करोड ६० लाखको १ हजार ९४८ मेट्रिकटन सामान आयात भएको छ ।

याे उत्सवमा खरिदकर्ताहरूले ट्री, क्लासिक आकार, रमणीय सुगन्ध र नर्डम्यान फर्मको नरम सुइहरू मन पराउँछन् । युरोपको सबैभन्दा लोकप्रिय क्रिसमस ट्री हो । यस प्रकारको रुख नै बजारमा धेरै खपत हुने गर्दछ ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा ३५ करोडको ४ सय ३४ मेट्रिटन क्रिसमस डेका समान आयात भएको छ । चीनबाट ३५ करोडको २ सय ७२ मेट्रिकटन र इण्डोनेशियाबाट ९ करोडको १ सय ९३ मेट्रिकटन क्रिसमस डे मनाउने सामग्री नेपाल आयात भएको छ ।

अर्थिक वर्ष २०७५/७६ मा क्रिसमस डे मनाउन ४१ करोडको ३ सय ८२ मेट्रिकटन सामग्री आयात भएको थियो । अर्थिक वर्ष २०७४/७५ मा विभिन्न देशबाट क्रिसमस डे मनाउन २० करोडको १ सय ७८ मेट्रिकटन सामग्री आयात भएको थियो । अर्थिक वर्ष २०७३/७४ मा विभिन्न देशबाट क्रिसमस डे मनाउन १८ करोडको २ सय ७ मेट्रिकटन सामग्री आयात भएको थियो । अर्थिक वर्ष २०७२ /७३ मा विभिन्न देशबाट क्रिसमस डे मनाउन २९ करोडको १ सय १७ मेट्रिकटन सामग्री आयात भएको थियो ।

सन् २००४ मा पोप जोन पलले क्रिसमस रूखलाई ख्रीष्टको प्रतीक बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.