महुली लघुवित्तले २० प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने

  २०७६ असोज ३० गते १२:२६     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस र करसहित ११ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७५/२०७६ को नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको कूल ३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव संस्थाको बुधबार अपरान्ह बसेको ९५औं बैठकले गरेको हो । संस्थाको प्रस्तावलाई संस्थाकाे आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी १२ करोड रुपैयाँ नाघ्ने छ । हाल संस्थाको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.