सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदनः धितोपत्र बोर्ड

  २०७६ साउन १९ गते १८:४१     विकासन्युज

काठमाडौ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदन सार्वजनिक गरेको छ । सूचीकृत कम्पनीहरूमा संस्थागत सुशासन प्रवद्र्धन गर्न बार्डले नयाँ ढाँचा तयार पारेको हो । बोर्डले सूचीकृत संगठित संस्थाहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालाहरू प्रति उत्तरदायी बनाइ संस्थागत सुशासन प्रवद्र्धन गर्न सो ढाँचा तयार पारेको हो ।

उक्त ढाचामा ओईसीडीको संस्थागत सुशासनसँग सम्बन्धित मुख्य सिद्धान्तहरुको उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरु समेटिएका छन् । बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३, बमोजिम सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ बनाइ २०७५ साउन १ गतेदेिख लागू गरेको थियो ।

सो निर्देशिका अनुसार अब सूचीकृत संस्थाहरुको परिपालना अधिकृतले प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । सो ढाँचामा आर्थिक वर्ष २०७५÷७६ देखिको वार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको छ ।

प्रतिवेदनले मुख्यतया संचालक समिति, संचालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक निर्णय प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा परिक्षण सम्बन्धमा विशेष ढाँचा तयार पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.