ट्राफिक प्रहरी महाशाखाको भवन बनाउन ग्लोबल बैंकको ५ लाख सहयोग

  २०७६ जेठ १९ गते १८:१४     विकासन्युज


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्तकुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै कामु कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख बसन्तराज रेग्मी तथा बैँक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.