कोरिया सरकारद्वारा नेपाली युवा श्रमिक सम्मानित

  २०७६ जेठ १४ गते ११:५०     विकासन्युज


काठमाडौँ । दक्षिण कोरियामा कार्यरत एक नेपाली श्रमिक कोरियाको छनान नगरपालिकाबाट सम्मानित भएका छन् । सामाजिक तथा परोपकारी कार्यमा उदाहरणीय कार्य गरेको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगर पालिकाले यम श्रेष्ठलाई सम्मान गरेको हो ।

इपिएस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका श्रेष्ठ करिब एक दशकदेखि दक्षिण कोरियामा कार्यरत छन् । धुलिखेल नपा शंखुका श्रेष्ठ कोरियामा रहेका बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहनुका साथै साँस्कृतिक परोपकारी कार्यहरुमा कोरिया प्रवेश गरे देखिनै सकृय रूपमा लाग्दै आएका छन् ।

उनको संयोजकत्वमा २०७२ सालको महाभुकम्प, बाढी पहिरो, आगलागी तथा हावाहुरी जस्ता प्रकोपहरुमा आर्थिक सहयोग संकलन गरी पीडितलाई राहत उपलब्ध गराउने कार्य सम्पन्न भएका छन् ।

घातक रोगबाट पिडित गरीब असहायहरुलाई सहयोग उपलब्ध गराउने कार्यमा समेत उनको सक्रिय भूमिका रहेको छ । पछिल्लो पटक कालिकोटमा निर्माण भइरहेको रास्कोट सामुदायिक हस्पिटल निर्माणको लागि कोरियाबाट करिब ४४ लाख रुपैयाँ सहयोग संकलन गरेर हस्तान्तरण समेत गरेका थिए ।

वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिखका दिन कोरियाको छनान शहरमा छनान नगरपालिका र छनान माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रवासी बहुसाँस्कृतिक मेला तथा नवौँ छनान वैदेशिक महोत्सव २०१९ मा उनी सम्मानित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.