कुमारी बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न, वातावरण संरक्षण गर्ने उद्देश्य

  २०७५ जेठ २२ गते १८:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्व वातावरण दिवस, २०७५को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।


उक्त कार्यक्रम बैंकको नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा आयोजना गरिएको थियाे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वातावरण दिवसका अवसरमा “एक कर्मचारी एक फलफूल विरुवा” अन्तर्गत सबै वित्तीय संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह्वान गरेको थियो ।

साथै, कुमारी बैंकले यस वर्षको विश्व वातावरण दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखा कार्यालय परिसरहरुमा पनि फलफूलको बिरुवा रोपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.