२०७४ माघ २८ गते ११:४४ विकासन्युज
काठमाडौं । सोल्टी होटलको नाफामा २५.५५ प्रतिशतले गिरावट आएको छ । होटलले २०७४ पुस मसान्त अवधीमा जम्मा ७ करोड ६९ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी होटलले २०७३ पुस मसान्तमा १० करोड ३३ लाख नाफा कमाउन सफल भएको थियो ।
होटलले आफ्नो हिमालयन विंग भवनको पुननिर्माण तथा साज सज्जा र स्तरोन्नति गरेकाले नाफा कम भएको जनाएको छ । १० रुपैंयाँ मूल्य अंकित होटलको प्रति सेयर आम्दानी १.३३ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २५.०४ रुपैंयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.