शिखर क्रेजी मेला कात्तिक ६ देखि शुरु, जुत्ता खरिदमा ७० प्रतिशत सम्मको छुट

  २०७४ कार्तिक ६ गते १७:४२     विकासन्युज

काठमाडौं । शिखर शुजले आज अर्थात कात्तिक ६ गतेदेखि क्रेजी मेला शुरु गरेको छ । कम्पनीले फरक अवसरहरुमा आफ्नो बजार विस्तार एवम् उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त मेला शुरु गरेको हो ।

उक्त मेला भु.पु स्वास्थ्य मन्त्री गगन थापा र उध्योग वाणिज्य माहाँसघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुरु भएको हो । उक्त मेलामा हरेक शिखर जुत्ताको खरिदमा १० देखि ७० प्रतिशत सम्मको छुट पाइनेछ । यो मेला करिब २० दिनसम्म लाग्ने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताएका छन् ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । यस उद्योगमा अहिले ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिँदै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.