२०७३ पुष ६ गते १२:२५ विकासन्युज
काठमाडौं, ७ पुस । कसमस डेभलपमेन्ट बैंकले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ दशमलब ८ प्रतिशत बोनस सेयर दिने बैठकको निर्णयलाई पारित गर्न साधारणसभा बोलाएको छ । सभाले बैंकको निर्णयलाई पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.