एनसेलले ल्यायो डे डेटा प्याक अफर, ईन्टरनेट अब १३ पैसा प्रति एमबिमा प्रयोग गर्न सकिने
काठमाडौं, १८ असोज । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रति एमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् । यो योजना यही बुधबार (असोज १९, २०७३) बाट लागु हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबिको दैनिक, ५०० एमबिको साप्ताहिक अथवा २००० एमबिको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् । १०० एमबि दैनिक डे डेटा प्याक ग्राहकले रु २० मा खरिद गरी प्रति एमबि २० पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । साथै ५०० एमबि डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक रु ८० मा खरिद गर्न सक्छने र प्रति एमबि १६ पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । ग्राहकले २००० एमबि डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक रु २५० मा खरिद गर्न सक्छन् । अर्थात् यो डेटा प्याक अन्र्तगत ग्राहकले अब मात्र १३ पैसा प्रति एमबिमा ईन्टरनेट चलाउन सक्छन् । यी डे डेटा प्याकका मुल्यहरु कर बाहेकका हुन् । ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने डे डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा १००डी टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् । यसरी ग्राहकले आफ्नो आवश्यकता अनुसार डे डेटा प्याकको छनौट गरी बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा अझ सुलभ दरमा ईन्टरनेट चलाउनका लागि यो अफरबाट फाईदा लिन सक्छन् । “चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्न चाहन्छौं । हामीलाई विश्वास छ यो डे डेटा प्याक अफरले हाम्रा ग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधन गर्नेछ र थप लाभ प्रदान गर्नेछ ।, ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । प्याकको समयावधि सकिए पछि हाल लाग्दै आएको कर बाहेक रु ३ प्रति एमबि शुल्क लागु हुनेछ । यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।
चिल आँखामा राजधानी सुरक्षा, सीसीटिभीमार्फत दसैंलाई राजधानीको सुरक्षा संयन्त्रमा कडाई
काठमाडौं १७, असोज । दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ । दसैंका बेला गाउँ सहरमा चोरी डकैती बढ्छ। विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन् । उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको छ । यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ । इगल आइ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुने छैन । चिलले आकाशमा कावाँ खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुनसक्ने लुटपाट, चोरी, झै झगडालाई ‘ईगल आई’ नाम दिइएका ३ सय ३५ वटा सिसिटिभी क्यामेरेलाई नियाल्नेछन् । र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।
नेता तथा सांसदहरु दशैं मान्न विदेशतिर, आफन्त भेटघाटको नाममा नेपाली पैसा विदेशमा
काठमाडौं १७, असोज । सर्वसाधारण दशैं मान्न गाउँ गइरहँदा मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन् । केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश फर्कने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका छन् । यसैगरी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार नयाँ दिल्ली जाँदै छन् । यही क्रममा उनले स्वास्थ्य परीक्षण पनि गर्ने बताइएको छ । दशैपछि मात्र उनी काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उनकी छोरी भारतको पुनामा अध्ययन गर्दै छिन् । यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली जाने तयारीमा छन् । त्यसो त केही मन्त्री पनि यतिखेर विदेशमा छन् । पर्यटनमन्त्री रमी गौचन, भूमिसुधारमन्त्री विक्रम पाण्डे अहिले विदेशमा रहेका छन् ।