नबिल बैंकमा रोजगारीको अवसर

काठमाडौं । नबिल बैंकले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि विज्ञापन आह्वान गरेको हो । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि ५०/५० जना कर्मचारी मागेको हो । ट्रेनी असिस्टनेन्ट पदका लागि दोस्रो श्रेणीमा स्नातक तह उतिर्ण गरेको हुनु पर्नेछ । यस्तै, जुनियर टेलर पदका लागि प्लस टू उतिर्ण गरेको हुनु पर्ने बैंकले जनाएको छ । इच्छुक आवेदकले असार १३ गतेसम्म निवेदन पेश गर्न सक्ने छन् ।

प्रभु र महालक्ष्मी लाइफले मागे विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । प्रभु र महालक्ष्मी लाइफले कर्मचारीको माग गरेको छ । प्रभु र महालक्ष्मी लाइफले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । एक आपसमा मर्ज हुन लागेका प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेकाले कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीको अनुसार न्युनतम स्नातक गरेको हुनुका साथै एक वर्ष मार्केटिङ क्षेत्रमा राम्रो अनुभव समेत रहेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका आवेदकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।  

बैतडीका स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

बैतडी । बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् । यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई पालिकाले श्रम स्वीकृति दिन थालेका हुन् । सरकारको गत चैत १६ गतेको निर्णय अनुसार वैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहले नै  रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको उनको भनाइ छ । पाटन नगरपालिकाबाट श्रम स्वीकृति लिने पहिलो व्यक्ति मलेसिया जान लागेका वडा नं ६ का नवीन विक रहेका छन् ।  नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको उनले बताए । बिना कुनै झण्झट कम खर्चमा घरदैलोबाटै काम भएपछि खुसी लागेको उनको भनाइ छ । यसअघि दशरथचन्द नगरपालिकाले गत वैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो ।