को को बन्दैछन ओली क्याबिनेटमा मन्त्री ?

काठमाडौं, २५ असोज । केपी ओली नेतृत्वको गठबन्धन सरकारमा मन्त्री बन्ने दौडले तिब्रता पाएको छ । एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकदेखि राप्रपा र माले भित्र मन्त्री बन्ने रस्सा कस्सी सुरु भएको हो । सरकारको नेतृत्व गरेको एमाले भित्र प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले गुटगत कोटा खोजेका छन् । एकिकृत माओवादी भित्र पनि अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठले बाँडफाँट गर्नेछन् । राप्रपा नेपालमा कमल थापालाई एकल अख्तियार प्राप्त हुनेछ । उता, फोरम लोकतान्त्रिकले भने गच्छद्धार, जितेन्द्र सोनल तथा रामजनम चौधरीका बिचमा पावर सेयरिङ गर्नेछ । यी तिनै जना मन्त्री बन्ने लाईनमा छन् । ओलीले आजै १ बजे सपथ लिँदैछन् । आजै राप्रपाका कमल थापा, एकिकृत माओवादीका हरिबोल गजुरेल र फोरम लोकतान्त्रिकका बिजय गच्छद्धारले सपथ लिने निश्चित भैसकेको छ । एमालेका आंकांक्षी एमालेमा उपाध्यक्ष भिम रावल, उप महासचिव बिष्णु पौडेल मन्त्रीको तिब्र आकांक्षी हुन् । यी बाहेक पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, अग्नि खरेल, सत्रुघ्न महतो, वैजनाथ चौधरी, पशुपति चौँलागाईँ, डा. बंसिधर मिश्र, लालबाबु यादव, रामकुमार भट्राई, शेरधन राई, रबिन्द्र अधिकारी, थममाया थापा, श्रीमाया थकाली, सोम प्रसाद पाण्डे, तुल बहादुर गुरुङ लगायत मन्त्री बन्ने दौडमा छन् । उनीहरुले आफु निकटका नेताहरुलाई मन्त्री बनाईदिन दबाव दिईरहेका छन् । केपी ओली, माधव नेपाल, झलनाख खनालका निवासमा मन्त्री बनाउन दबाव दिनेहरुको ठुलो भिड लागिरहेको छ । एकिकृत माओवादी एकिकृत माओवादीले नेता हरिबोल गजुरेललाई सपथ खुवाउने निर्णय गरिसकेको छ । त्यसका अलवा नेताहरु कृष्ण बहादुर महरा, टोप बहादुर रायमाझी, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मन्त्री बन्ने कसरतमा छन् । राप्रपा नेपाल राप्रपा नेपालका तर्फबाट पार्टी अध्यक्ष कमल थापाले नै सरकारमा नेतृत्व गर्नेछन् । उनले उपप्रधान सहित परराष्ट्र मन्त्रालय सम्हाल्ने सम्भावना रहेको छ । । रामकुमार सुब्बा, कुन्ती शाही, दिलनाथ गिरी, रेशम लामा, गंगा यादव, दिनेश श्रेष्ठ र विक्रम थापा लगायतले आफुलाई मन्त्री बनाउन दबाव दिईरहेका छन् । फोरम लोकतान्त्रिक फोरम लोकतान्त्रिकका तर्फबाट अध्यक्ष बिजयकुमार गच्छद्धारले उपप्रधानमन्त्री सहित सरकारमा पार्टीको नेतृत्व गर्नेछन् । उनीसँगै रामजनम चौधरी र जितेन्द्र सोनलले पनि मन्त्री बन्ने इच्छा राखेका छन् । उनीहरु दुबैलाई मन्त्री बनाउन गच्छद्धार र पार्टी पनि सकारात्मक रहेको श्रोतले बतायो ।

अर्थ मन्त्री बन्ने दौडमा चार हस्ती, पाण्डेलाई बनाउन दबाव

काठमाडौं, २४ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएसँगै ओलीको क्याबिनेटमा अर्थ मन्त्री को बन्छ भन्ने बहसले तिब्रता पाएको छ । एमाले श्रोतका अनुसार अर्थ मन्त्री बन्ने दौडमा चार जना हस्तीहरु लागेका छन् । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे अर्थन्त्री बन्ने दौडका स्वभाविक हस्ती हुन् । उनी बाहेक ओलीको विश्वास पात्र बिष्णु पौडेल पनि अर्थ मन्त्री बन्ने रेसमा सामेल भएका छन् । श्रोतका अनुसार पौडेलको सम्भावना बढ्दै गएको छ । अर्थ मन्त्रीको रेसमा पाण्डे एक नम्बरमा छन भने पौडेलले पाण्डेलाई पछ्याईरहेका छन् । माधव नेपाल र केपी ओलीबिच आन्तरिक शक्ति सन्तुलन मिलाउने सर्तमा पाण्डे अर्थ मन्त्री बन्ने सम्भावना बढि छ । तर ओलीले आफुलाई सघाउने पात्र छाने भने पौडेलको पल्लाभारी हुनेछ । पौडेलको अध्ययनको बिषयले पनि उनलाई अर्थमन्त्री बन्नबाट रोक्ने बुझिएको छ । श्रोतले दिएको जानकारी अनुसार पौडेलले एसएलसी समेत पास गरेका छैनन् । उता, ओली क्याम्पकै अर्का नेता शंकर पोखरेलले पनि अर्थ मन्त्री बन्नका लागि ओली क्याम्पसमा लबिङ बढाएका छन् । अघिल्लो निर्वाचन हारेका पोखरेललाई मन्त्री बनाउनका लागि एक जना समानुपातिक सभासदले मैदान छाड्नु पर्नेछ । त्यसो त नेपाल राष्ट्र बैंकको गभर्नर बनिसकेका डा. युवराज खतिवडा पनि अर्थ मन्त्रीको लिगलिगे दौडमा सामेल छन् । झापाली खतिवडालाई पनि अर्थ मन्त्री बन्नका लागि एक जना सभासदले राजीनामा दिएर उनका लागि बाटो खुल्ला गरिदिनु पर्छ । एमाले श्रोतका अनुसार पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पूनः अर्थमन्त्री बनाउन पार्टी नेतृत्वलाई दबाव परेको छ । भूकम्पपछि पूननिर्माणको ठुलो जिम्मेवारी सरकारको काँधमा आएकाले पनि अर्थतन्त्र बुझेका र पहिले पनि राम्रो काम गरेका पाण्डेलाई पुन जिम्मेवारी दिन माधव नेपाल र झलनाथ खनाल पनि सहमत छन् । केपी ओलीले समेत हेभिवेटहरुको क्याबिनेट बनाउने सोँच बनाएकाले पनि अनुभवी र अर्थतन्त्र बुझेका पाण्डेको पल्लाभारी हुने बुझिएको छ ।

केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्री, झापा बिद्रोहदेखि प्रधानमन्त्रीसम्म

काठमाडौं, २४ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ओलीले ३३८ सांसदको मत पाएर मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।  ओलीलाई एकिकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । अर्का उम्मेदवार निवर्तमान प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशिल कोइरालालाई भने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव र सरदसिंह भण्डारी लगायतका दलका सभासदले मतदान गरेका छन् । कोइरालाले २४९ मत पाएका छन् । यस्तो छ केपी ओलीको जिवनी बि.स.२००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाबिस वडा नम्बर दुईमा आमा स्वर्गिय मधु ओली र बुवा मोहनप्रसाद ओलीका सन्तान हुन् । उनकी श्रीमति राधिका शाक्य हुन भने उनीहरुको सन्तान छैन् । स्थायी निवासः अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, नेपाल । अस्थायी निवासः शरणामती– ६, झापा, नेपाल । नागरिकता नम्बरः २६६र३१३९५ राहदानी नम्बरः ००२५११४ शैक्षिक योग्यताः सामान्य । भाषाः नेपाली, हिन्दी र अंग्रेजी । भ्रमणः स्वदेश— ७५ वटै जिल्ला । विदेशः मित्र राष्ट्रहरूः चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि । राजनीतिक दलः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) वर्तमान जिम्मेवारीः अध्यक्ष, नेकपा (एमाले) (२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन) नेता, संसदीय दल, नेकपा (एमाले), (२०७० माघ २१ मा सम्पन्न निर्वाचन) । संविधानसभा सदस्य– क्षेत्र नंः ७, झापा (२०७० मंसीर ४ को संविधानसभा निर्वाचन) २०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त । जिम्मेवारी बहनः २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको । नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तः २०२६ साल । २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन । २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण । २०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग । २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन जेल जीवन पहिलो पटकः २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार । पहिलो गिरफ्तारः झापा पुलिस थानामा । २०२७ र २०३० का बस्चमास् पटक पटक गरी १० पटक बढी गिरफ्तारी । जेल यात्राको १४ बर्से अध्यायः २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ । पहिलो भोगाईस् रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र । त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान । २०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान । ३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान । २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर । २०३३ साउनमा नख्खु जेल चलान । २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै । २०३६ जेठमा गोलघर बाहिर । २०३७ चैतमा पुनः नख्खु जेल चलान । २०३९ माघ ३ मा पोखरा जेल चलान । २०४२ कात्तिकमा स्याङ्जा जेल चलान । २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान । ०४३ माघ १२ मा भद्रगोल जेल चलान । २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा । तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी । जेलमुक्त भएपछि राजनीतिक जिम्मेवारी बहनः २०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी । २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन । २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष । २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य । राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारीः २०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित । २०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित । २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन । २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन । २०६३ जेठमा गठित मन्त्रिपरिषदा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन । २०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वा्चित । विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको । विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका महत्त्वपूर्ण भूमिकाहरुः २०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको । २०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहाँले लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाएको हाल समयक्रमसँगै ती सुझावहरुले दूरगामी प्रभाव पार्दै आएको पुष्टि भएको छ । २०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको । २०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा कमरेड मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न अहं भूमिका निर्वाह गरेको । २०५९ सालमा भएको नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उहाँले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूल नीतिका रुपमा अवलम्बन गरेको अवस्था छ । आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएको । हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको तथ्य जगजाहेरै छ ।