कक्षा १२ को परीक्षा सुरु, ४ लाख ६७ हजार विद्यार्थी सहभागी

फाइल फाेटाे काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । परीक्षाका लागि कुल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फारम भरेको बोर्डले जनाएको छ ।यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को वार्षिक परीक्षाका लागि सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी कुल ५० हजार जनशक्ति परिचालन भएका छन् । आजबाट सुरु भएको परीक्षामा गत वर्ष तीन विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएका थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । यसभन्दा अघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयमा सोही वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो । यसअघि तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड अर्थात् एनजी ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेको थियो । त्योसँगै परीक्षाका लागि छवटै विषयको फारम भरे पनि जति विषयमा एनजी आएको छ त्यत्तिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो । बोर्डको प्रस्तावमा मन्त्रीस्तरीय निर्णयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय गरेको थियो । दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेका छन् ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ । यसअघि छवटै विषयमा फारम भरे पनि जति विषयमा एनजी आएको छ त्यत्तिकै परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार परीक्षा फारम भर्दा छवटै विषय भरे पनि जुन विषयमा एनजी आएको छ ती विषयको मात्र परीक्षा दिनुपर्नेछ । यसअघि गत वर्षदेखि लागू भएको लेटर ग्रेडिङ सिस्टमअनुसार दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर गत वर्ष लिइएको ग्रेड वृद्धि परीक्षामा समेत सफल हुन नसकेपछि ५६ हजार विद्यार्थीले यो वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भएको थियो । यस्तो हुँदा ड्रपआउट हुने सम्भावना बढेपछि बोर्डको प्रस्तावमा शिक्षामन्त्री अशोककुमार राईले निर्देशिका संशोधन गरेका हुन् । रासस

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडौं । मंगलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । परीक्षाको तयारी पूरा भएसँगै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै परीक्षार्थीलाई परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । कृष्ण शर्माका अनुसार परीक्षाका लागि केन्द्राध्यक्ष, सह-केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको छ । ‘परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्याइएको छ, यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्, जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ,’ उनले भने । तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ । बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो । रासस

सेवा क्षेत्रमा १ करोड जनशक्ति चाहिने, राष्ट्रिय जनशक्ति नीति ल्याउँदै सरकार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘राष्ट्रिय जनशक्ति नीति २०८०, ल्याउने भएको छ । राष्ट्रको दीर्घकालिन सोँच, राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवतन नीति, दीगो विकास लक्ष्य, विषयगत मन्त्रालय तथा निकायका नीति तथा आवधिक योजनाका लक्ष्यलाई सम्बोधन गर्नेगरी सो नीति ल्याउन लागिएको मन्त्रालयले जनाएकोछ । अहिले आन्तरिक प्रयोजन तथा छलफलमा रहेको रहेको सो नीतिको मस्यौदामा विषयगत क्षेत्रको विकासका लागि आवश्यक विज्ञ, प्राविधिक, तथा व्यवसायिक दक्ष जनशक्तिको प्रक्षेपण हुनु र यथोचित लगानीमा अधिकतम उत्पादन गर्नसक्ने मार्गदर्शक नीति निर्माण गर्न आवश्यक रहेको जनाइएको छ । संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख, स्वाधीन, स्वतन्त्र र सम्मुन्नत अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय जनशक्ति विकास नीतिको महत्वपूर्ण योगदान हुने प्रारम्भिक मस्यौदामा उल्लेख गरिएको छ । पहिलो आवधिक योजनाले ग्रामिण विकास, कृषि, कित्ता नापी, सहकारी संस्था, भूमिसुधार, सिंचाई, वन, यातायात, सञ्चार, विद्युत, शक्ति, उद्योग, खानी, वाणिज्य, पर्यटन, राप्ती दुन विकास, पूनर्वास, सरकारी घर निर्माण, स्वास्थ्य शिक्षा तथा सर्वे, अनुसन्धान, तथ्यांक र प्रचारका लागि आवश्यक जनशक्तिको खाँचो आंकलन गरेको थियो । तेस्रो आवधिक योजनाले उमेर समूहगत जनसंख्याको २० वर्षे प्रक्षेपणसहित नेपालको सन्दर्भमा कृषि, खनिज, उत्पादन, निर्माण, बिजुली, यातायात तथा सेवा व्यवसायमा संलग्न श्रमशक्तिको आंकलन गरिएको थियो । त्यस्तै, छैटौं आवधिक योजनाले वैज्ञानिक तथा प्राविधिक, ईन्जिनयर, वन विशेषज्ञ, स्वास्थ्य विशेषज्ञ, कृषि विषेशज्ञ सहितको जनशक्ति वर्गीकरण र स्तर छुट्याउने कार्य गरेको थियो । सातौं आवधिक योजनाले प्राविधिक जनशक्तिलाई उच्चस्तर, मध्यमस्तर र आधारभूतस्तर गरी तीन तहमा वर्गीकरण गरिएको थियो । त्यसपछि बाह्रौं, तेह्रौं र चौधौं योजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम र दक्ष मानव संसाधनको विकास गरी माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने नीति लिएको थियो भने पन्ध्रौं योजनाले आर्थिक वृद्धिका लागि कृषि तथा वन, खानी तथा उत्पादनमूलक उद्योग विद्युतीय उर्जा, निर्माण, पर्यटन, यातायात, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य प्रमुख क्षेत्रका श्रमशक्तिको उपयोग गर्ने नीति लिएको थियो । २०६२ सालमा मानव संसाधन मन्त्रालय गठनसम्बन्धी कार्यदलको प्रतिवेदले पनि ‘राष्ट्रिय मानव संसाधन परिषदको गठन’ गर्न राय दिएको थियो । नेपालको संविधानको धारा ५१ मा अर्थ, उद्योग, कृषि, भूमि, प्राकृतिक साधन स्रोतको संरक्षण र उपयोग, श्रम तथा रोजगार लगायतका नीतिहरुको व्यवस्था गरेको छ । सोही अनुसार विषयगत संरक्षण, उपयोगिता र परिचालन हुनसक्ने गरी जनशक्ति विकासको लागि प्रतिवद्धता समेत व्यक्त गरिएको थियो । ०७३ माघ १८ मा संघीय सरकारले स्वीकृत गरेको कार्यविस्तृतीकरण प्रतिवेदनले पनि संघ, प्रदेश र स्थानीय तहमा मानव संसाधन विकासको प्रतिवद्धता र कार्य तोकेको थियो । तर, दशवटा पञ्चवर्षीय योजना र पाँचवटा त्रिवर्षीय योजनाको कार्यान्वयन गरिएपनि विषयगत जनशक्तिको विकासका निम्ति अहिलेसम्म राज्यले औपचारिक तालिकामा काम गरेको पाईंदैन । शिक्षा मन्त्रालयले २०७६ सालमा गरेको जनशक्ति प्रक्षेपण सम्बन्धी अध्ययनले २१०० सालसम्म कृषि क्षेत्रमा ७६, ६१, ७४७, उद्योगमा ५५, ३०, ५९० र सेवा क्षेत्रमा १,००, ०३, १०१ जनशक्ति चाहिने अनुमान गरेको छ । शिक्षा मन्त्रालयले तयार गरेको राष्ट्रिय जनशक्ति नीतिले जनशक्ति उत्पादन, विकास, वितरण र उपयोगका क्षेत्र सुनिश्चित नुहनु, क्षेत्रगत जनशक्तिको वैज्ञानिक प्रक्षेपण नहुनु, उत्पादित जनशक्तिको माग र आपूर्तिबीच तालमेल नुहनु, विषय क्षेत्रगत जनशक्ति विकास, उपयोग र प्रक्षेपण जस्ता कार्य सञ्चालन तथा समन्वय गर्ने एकीकृत संयन्त्र अभाव जस्ता समस्या देखिएको औंल्याएको छ । मुलुकको सन्तुलित तथा दिगो विकासका लागि आवश्यक जनशक्तिको माग र आपूर्तिबीच समन्वय तथा जनसांख्यिक लाभका आधारमा प्राविधिक, व्यवसायिक, वैज्ञानिक तथा व्यवस्थापकीय ज्ञान, सिप र प्रविधियुक्त मानवपुँजी निर्माण गरी हरेक क्षेत्रको पहिचान गरी एकीकृत राष्ट्रिय जनशक्ति विकासका लागि सो नीतिको आवश्यक भएको विषय मस्यौदा नीतिमा उल्लेख गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा रोजगारीको विषय तथा कार्यक्षेत्रको पहिचान गर्न विषयगत मन्त्रालय र निजी क्षेत्रको सहभागितामा जनशक्ति विकास आयोग वा समिति गठन गरिने, तालिम सम्बन्धी मापदण्ड तर्जुमा तथा संरचना निर्माण गरिने, स्वरोजगारी र रोजगारीको विषयलाई प्रक्षेपण गरिने लगायतका विषयलाई कार्यनीतिको रुपमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ । नीति कार्यान्वयनको लागि तीनै तहका सरकारबीच सहकार्य गरिने मस्यौदा नीतिमा उल्लेख गरिएको छ । साथै जनशक्तिको विकासका लागि पाठ्यक्रमको विकास, अध्ययन, अनुसन्धान तथा तालिम सञ्चालन गरिने व्यवस्था गरिएको छ । नीतिलाई कार्यान्वयनको लागि आवश्यक छुट्टै कानूनको व्यवस्था गर्ने नीतिमा उल्लेख गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय जनशक्ति नीति २०८० को मस्यौदा [pdf id=408151]