गरिमा विकास बैंकबाटै यूनियन लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धीमा सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका जुनसुकै शाखा कार्यालयबाट यूनियन लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

एनसीसी बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट एनएलजी इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ । सम्झौतामा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनएलजी इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सिभिल बैंकद्धारा दुर्घटना बीमा अन्तर्गत पाैने २ लाख रूपैयाँ भुक्तानी

काठमाडौं । सिभिल बैंक लिमिटेडले निःशुल्क दुर्घटना/मृत्यु बीमा कार्यक्रम अन्तर्गत निर्मला थारुलाई १ लाख ७४ हजार २४० रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको छ । बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले दुर्घटनामा परी मृत्यु भएका वंसराज थारुको सुपुत्री निर्मला थारुलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । बुटवल निवासी निक्षेपकर्ता वंसराज थारुको दुर्घटनामा परी मृत्यु भए पश्चात बीमाको रकम मृतकका श्रीमती शान्ती देवीथारुको नाममा बैंकले उपलब्ध गराएको छ । निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेप गर्दा ब्याजको अतिरिक्त प्राप्त हुने निःशुल्क दुर्घटना/मृत्यु बीमा बापत प्राप्त हुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै नै भए पनि राहत पुर्याउने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।