२१ औं एआईआरडिसी सम्मेलमा सम्पन्न, बीमाको पहुँच र लागत घटाउँन प्रविधिको प्रयोग आवश्यक

काठमाडौं । नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबिमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा अफ्रिकाको घानामा गरिने निर्णय सहित सम्मेलन समाप्त भएको हो । सम्मेलनको दोस्रो दिन बीमा कम्पनीहरुको वित्तीय पहुँचको बिषयमा छलफल भएको थियो । त्यस्तै बीमामा प्रविधिको प्रयोग र लघुबीमाको बिषयमा छलफल भएको थियो । बीमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा.रोगर शेल्लीजले एशियन मुलकमा नेपाल लगायत अन्य पाँच वटा मुलुकका कम्पनीहरु जोखिम अवस्थामा रहेको बताए । त्यस्तै, अष्टे«लियाका कम्पनीहरु जोखिमरहित रहेको उनले जानकारी दिए । “जापान र कोरियामा सञ्चालित कम्पनीहरुको जोखिमको अवस्था न्यून रहेको छ । भुटान र भारतका कम्पनीहरु भने ग्रे जोनमा रहेका छन्,” उनले भने । पहुँच बढाउन र लागत घटाउँन प्रविधिको प्रयोग अपरिहार्य भएको बीमाविज्ञ जिम्मी मोलिनियरले बताए । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बीमा विज्ञ मोलिनियरले प्रविधिले बीमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बिमाशुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताए । मोलिनियरले कम विकसित राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने बताए । त्यसैले आगामी दिनमा यस्ता राष्ट्रहरुले प्रविधिको प्रयोगमा फोकस गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लघुबीमाको सम्भावना अधिक रहेको बताए । तर, यसका चुनौती पनि उत्तिकै रहेको उनले जानकारी दिए । “यो बीमालेखबाट कम आम्दानी हुन्छ भने सञ्चालन खर्च अधिक हुन्छ, तर पनि हामी सम्भावना खोजीमा लघुबीमा जारी गरि रहेका छौ,” उनले भने । नेपालमा सञ्चालन भएको एआईआरडिसी सम्मेलनमा १८ वटा मुलुकमा ४०० भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । मंगलबार संगठनको सम्पन्न २१ औ साधारण सभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।

ज्योति लाईफ इन्स्योरेन्स दोस्रो वर्षमा, एक वर्षमा के के गर्यो कम्पनीले ?

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनीले पहिलो वर्षमा नै उल्लेख्य प्रगति गरेको छ । कम्पनीले १२ महिनामा ७५ वटा शाखा संजाल विस्तार गरेको छ । त्यस्तै, विभिन्न ७ वटा आकर्षक जीबन बीमा योजना जारी गरेको छ । यस अवधिमा कम्पनीले ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १८१ करोड रुपैयाँ लगानी गरेको छ । संचालनको पहिलो वर्षमा नै उल्लेख्य मुनाफा आर्जन गरेको कम्पनीले जनाएको छ । ‘कम्पनीको पहिलो वर्षको यात्रामा साथ दिनु हुने हाम्रा सम्पूर्ण संस्थापक शेयरधनी, कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजर, संस्थागत अभिकर्ता, नियामक निकायप्रति हार्दिक आभार व्यक्त गर्दछौं’ कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले भनेका छन् । दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पूर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना जारी गरेको छ । । उक्त बीमा योजना अन्तर्गत कर्मचारीहरुको बीमा गराइ श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पूर्ण परिपालना गर्न संगठित संस्थालाई अह्वान पनि गरेको छ ।

एआइआरडीसीकाे अध्यक्षमा विजयबहादुर शाह निर्वाचित

काठमाडौं। विकासिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडीसीकाे अध्यक्षमा विजयबहादुर शाह निर्वाचित भएका छन् । शाह यसअघि एअार्इअारडीसीकाे उपाध्यक्ष थिए । काठमाडौंमा जारी एअार्इअारडीसीकाे २१‍औं सम्मेलनले शाहलाई अध्यक्ष र  घानाकी एलिजावेथकी वान्स डग्वेलार्इ उपाध्यक्षमा निर्वाचित गरेकाे हाे । शाह ननेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी नेपाल बीमक संघकाे निवर्तमान अध्यक्ष पनि हुन । नेपालमा आयोजना भएको २१औ साधारणसभाले घानामा २२औ सम्मेलन गर्ने घोषणा पनि गरेको छ। राजधानीकाे साेल्टी हाेटलमा जारी याे सम्मेलन बुधबार सम्पन्न हुँदैछ ।