आईएमई जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, पुँजीवृद्धिको लक्ष्य पूरा गर्दै

  २०७६ ज्येष्ठ ३० गते ९:१९       विकासन्युज

काठमाडौं । आईएमई जनररल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । चुक्ता पुँजीलाई बीमा समितिले तोकेको सीमामा पुर्याउन आईएमई जनरलले असार २९ गते बिहान ११ बजे बस्नेगरी वार्षिक साधारणसभा बोलाएको हो । कम्पनी सञ्चालक समितिको मंगलबारको बैठकले ५ प्रतिशत बोनस शेयरको प्रस्तावसहित काठमाडौंको लैनचौरस्थित एक ब्याङ्क्वेट्समा बस्नेगरी साधारणसभा बोलाएको हो ।

उक्त साधारणसभामा ५ प्रतिशत बोनश शेयर वितरणका अतिरिक्त एक जना रिक्त सञ्चालकको निर्वाचन हुने एजेन्डा समेत तय गरिएको छ । सो साधारणसभाको प्रयोजनको लागि असार १५ गते बुकक्लोज हुनेछ भने उक्त दिनदेखि साधारणसभाको दिनसम्म दोस्रो बजारमा उक्त कम्पनीको शेयर कारोबार हुनेछैन ।

पछिल्लो हकप्रद शेयर वितरणपछि ९७ करोड २० लाख पुँजी पुगेको आईएमई ५ प्रतिशत बोनस शेयरपछि पुँजी १ अर्ब २ करोड पुर्याउनेछ ।