आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

  २०७६ मार्ग २९ गते १२:०१       विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको सो मात्रा अर्थात कर पश्चात ६ करोड १२ लाख ३६ हजार रुपैयाँ बोनस शेयर वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ ।

कम्पनी संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।