१५ प्रतिशत बोनस पछि सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

  २०७६ ज्येष्ठ ३० गते १२:३०       विकासन्युज

काठमाडौं । बिहीबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सको १५.४८४ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.०७७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७४७.५३८ रुपैयाँ तोकिएको छ ।